बगदादमा मानव रहित यानको आक्रमणमा मिलिसिया सेनापति मारिएपछि इराकद्वारा अमेरिकालाई चेतावनी

इनेप्लिज २०८० माघ २५ गते १२:२९ मा प्रकाशित

बगदादमा मानव रहित यान (ड्रोन )आक्रमणमा मिलिसिया सेनापति मारिएपछि इराकले अमेरिकालाई चेतावनी दिएको छ ।

इराकले इरान समर्थक कताइब हिजबुल्लाह मिलिसियाका एक वरिष्ठ सेनापति (कमाण्डर )मारिएपछि बगदादमा बुधबार राति भएको हवाई हमलाको जवाफमा संयुक्त राज्य अमेरिकालाई चेतावनी दिएको छ।

इराकको संयुक्त कारवाही निकायले आक्रमणलाई “संयुक्त राज्य अमेरिकाको नयाँ आक्रामकता” भनेको छ । यो कदमले इराक र अमेरिका बीचको “सबै समझदारीलाई कमजोर” गर्ने काम गरेको प्रवक्ता तहसीन अल खाफाजीले सामाजिक संजालमा प्रकाशन गरेका छन् ।

कताइब हिजबुल्लाहलाई इराकमा सबैभन्दा शक्तिशाली इरान समर्थित मिलिशिया (नागरिक सैनिक) मानिन्छ ।

प्रतिक्रिया