हमासले इजरायलसँग प्रस्तावित सम्झौताको जवाफमा तीन चरणको योजना प्रस्ताव गरेको छ ।
प्रत्येक ४५ दिन सम्मको लागि बन्धकहरूको रिहाइको सट्टामा युद्धविरामको प्रस्ताव र मानवीय सहायताको हस्तान्तरणको लागि हमासले तीन चरणका प्रस्ताव पेश गरेको छ ।
हमासले दिएको प्रतिक्रियामा गाजाबाट इजरायली सेनाको फिर्ता ,गाजा भरिका मानिसहरूका लागि आवागमनको स्वतन्त्रता समावेश लगायत प्रस्ताव पेश गरेको छ ।
हमासले सम्झौता रुपरेखाको प्रतिक्रिया कतारी र इजिप्टका मध्यस्थकर्ताहरूलाई पठाएको संगठनले जनाएको छ । वार्तासँग परिचित एक इजरायली अधिकारीले बुधबार सिएनएनलाई दिएको जानकारी अनुसार इजरायलले हमासको प्रतिप्रस्ताव स्वीकार गर्ने कुनै अर्थ नभएको बताए ।
बन्धक सम्झौताको सन्दर्भमा,इजरायल युद्धविराम गर्न र गाजाबाट इजरायली सेना फिर्ता गर्न सहमत हुने कुनै सम्भावना छैन”, स्रोतले वार्ताको बारेमा छलफल गर्न नाम नखुलाउन आग्रह गरेको सिएननले जनाएको छ ।
हमासले अक्टोबर ७ मा कब्जा गरिएका कैदीहरूलाई रिहा गर्न माग गरिरहेको छ। यो कुरा इजरायलले कहिल्यै स्वीकार नगर्ने सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया