अक्टोबर ७ मा हमासले बन्धक बनाएका बन्धकधारीहरुको रिहाईको लागि कतारद्वारा प्रस्तुत प्रस्तावित बन्धक सम्झौता प्राप्त गरेको कतारका अधिकारीहरुले जनाएका छन् ।
तर हमासले अझै सहमती जनाई सकेको छैन । हमासले नयाँ प्रस्तावित बन्धक सम्झौता प्राप्त गरेको छ तर अहिलेसम्म प्रतिक्रिया नदिएको एक कतारी अधिकारीले एबीसी न्यूजलाई बताए।
‘अहिलेसम्म कुनै सम्झौता भएको छैन,’ वार्ताको जानकार एक कतारी अधिकारीले भने। “हमासले प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ तर हामी उनीहरूको प्रतिक्रियाको लागि पर्खिरहेका छौं।”
इजरायली स्रोतहरूका अनुसार हमाससँग प्रस्तावित बन्धक सम्झौताको ढाँचामा अझै सहमति भएको छैन ।
वार्ताका नजिकका दुई इजरायली स्रोतहरूले गत शुक्रबार एबीसी न्यूजलाई बताए अनुसार हमास र इजरायल बीचको नयाँ प्रस्तावित बन्धक सम्झौताको ढाँचामा दुवै पक्षले अहिलेसम्म सहमति जनाएका छैनन्।
वार्ता जारी रहेको स्रोतले जनाएको छ ।
इजरायल अझै पनि उक्त प्रस्तावमा हमासको प्रतिक्रिया सुन्न पर्खिरहेको जनाएको छ ।
प्रतिक्रिया