अमेरिकी पूर्व सीआईएका सूचना प्रविधि अभियन्तालाई जासुसी र बाल अश्लिलको क्रियाकलापको आरोपमा ४० वर्ष कारागार सजाय

इनेप्लिज २०८० माघ १९ गते १७:५४ मा प्रकाशित

अमेरिकी पूर्व सीआईए सफ्टवेयर इन्जिनियर(सूचना प्रविधिका अभियन्ता)लाई जासुसी र बाल पोर्नोग्राफी( बालअश्लिल) को क्रियाकलापमा सॅलग्न भएको आरोपमा अदालतले ४० वर्षको कारागार सजाय सुनाइएको छ ।

आईटी( सूचना प्रविधी)का अभियन्ता जोशुआ एडम स्कल्टलाई जासुसी र बाल पोर्नोग्राफी( बालअश्लिलता)को आरोपमा ४ दशकको  कैद सजाय सुनाइएको अमेरिकी न्याय विभागले बिहीबार घोषणा गरेको छ।

सुनुवाईमा पूर्व उपनिर्देशकले गोप्य कोषको खुलासा गरेको र यो खुलासाले अमेरिकाको राष्ट्रिय सुरक्षालाई असाधारण रूपमा गम्भीर हानि पुर्‍याएको न्याय विभागको बिज्ञप्तीमा जनाईएको छ 

उनलाई जुलाई २०२२  मा सिआईएको इतिहासमा गोप्य सूचनाको सबैभन्दा ठूलो चोरीको पछाडि रहेको आरोपबाट उत्पन्न आठ संघीय आरोपहरूमा दोषी ठहराइएको थियो। 

उनलाई  मार्च ९ , २०२० मा अदालतको अवहेलना र भौतिक रुपमा झूटा बयानहरू र सेप्टेम्बर १३, २०२३ मा बाल पोर्नोग्राफी( बाल अश्लिलता)को आरोपमा अलग-अलग बयानहरुमा दोषी ठहराइएको थियो।

प्रतिक्रिया