अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज युकेले “ईनास सॉझ ” गर्ने भएको छ । नेपाली भाषा , कला र सँस्कृतिको प्रवर्द्धनका लागि ईनासको अभियान अन्तर्गत गर्न लागिएको बृहत ईनास साँझमा कल्चरल वाक, लाईभ म्यूजिक , युकेमा रहेका स्थानिय कलाकार र नेपालका आउनुहुने राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । नेपाली साँस्कृतिक भेषभुषामा सझिएर गरिने प्रदर्शन कार्यक्रमको प्रमुख आकर्षण रहने छ ।
दक्षिण पूर्वि लण्डनको वुलविच अर्थात ट्राम्समेड थेटरमा गर्न लागिएको यो विशेष साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दुतावास युकेबाट महाममिह राजदुत ज्ञानचन्द्र आचार्य लगाएत एनआरएनए , स्थानिय जनप्रतिनिधिहरु को उपस्थिति रहनेछ।
यही फेब्रुअरी १० तारिख शनिबार साँझ पाँच बजे वुलविच ट्राम्समेड थेटरमा गर्न लागिएको यो ईनास साँझका लागि पन्ध्र पाउण्ड प्रवेश शुल्क राखिएको छ । कार्यक्रममा उपस्थित हुने सम्पूर्णमा नेपाली राष्ट्रिय तथा साँस्कृतिक पोशाकमा आउन आयोजकले आग्रह गरेको छ । ईनास साँझलाई भव्य बनाउँन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युकेले युकेमा अवस्थित सम्पूर्ण नेपालीहरुलाई विशेष अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युके ( ईनास ) विश्वका सत्तरी भन्दा बढि देशमा स्थापना भईसकेको छ । प्रवासमा नेपाली कला , भाषा , सँस्कृति र खेलकुदमा सक्रिय रहँदै आएको यस संस्थाको यूकेमा २०१५मा स्थापना भएको हो ।
प्रतिक्रिया