एनडब्लुजिएनको अध्यक्षमा क्यानडाकी डा सोनी थापा निर्वाचित

इनेप्लिज २०८० माघ १९ गते ०:५४ मा प्रकाशित

नेपाली महिला बिश्व संजाल अर्थात् नेपाली वुमेन ग्लोबल नेटवर्कको अध्यक्षमा डा सोनी थापा निर्वाचित भएकी छिन । २०२४- २०२६ को लागि डा थापाको नेतृत्वमा कूल १३ जनाको कार्यकारी समिति गठन भएको छ ।

नयाँ कार्यकारी समितिको अध्यक्ष पदमा डा सोनी थापा टोरन्टो क्यानडाबाट निर्वाचित भएकी छिन । यसै गरि २०२४- २०२६ सम्मका नवनिर्वाचित कार्यकारी समितिमा वरिष्ठ उपाध्यक्षमा तेजस्वी गिरी (नर्थ क्यारोलाइना )उपाध्यक्षमा डा वर्षा मोक्तान रायमाझी(हवाई) कोषाध्यक्षमा बिष्णु सुबेदी (क्यालिफोर्निया) तथा महासचिवमा अनु लम्साल (डिसी)निर्वाचित भएका छन ।

यसैगरी कार्यकारी समितिको सदस्यहरुमा क्रमस आर्यमा उप्रेती(साउथ क्यारोलाइना ),डा इच्छा बस्न्यात (भर्जिनिया),दिपिका गिरी (टेक्सस ),नैना राना (कनेक्टिकट),जेनी पाठक(टेक्सस),जेसिका रिजाल(टेक्सस) ,सेलिना श्रेष्ठ (पेनसेलभेनिया) तथा लिन श्रेष्ठ बस्नेत(फ्लोरिडा) निर्वाचित भएका छन्।

संस्थाकाकी निवर्तमान अध्यक्ष अविमा उप्रेतीले संस्थाको लागि निरन्तर काम गर्ने सबैलाई धन्यवाद दिएकी छिन । उनले सामाजिक संजाल मार्फत नामै तोकेर स्वयम सेवक रुपमा काम गरेको भन्दै प्रशंसा गरेकी छिन ।

साथै उनले सामाजिक संजाल मार्फत नव निर्वाचित टोलीले वार्षिक कार्यक्रमहरूलाई निरन्तरता दिन, नयाँ परियोजनाहरू ल्याउन सक्षम हुने विश्वास गरेको उल्लेख गरेकी छिन । संगठनलाई आफ्नो लक्ष्य र मिशन प्राप्त गर्न मद्दत गर्न समेत आह्वान गरेकी छिन्

साथै बिद्या मानन्धर , रुक्मिणी कार्की , र सुष्मा बाराकोटीलाई बिश्वास गरी संस्थाको नेतृत्व गर्न दिएकोमा निवर्तमान अध्यक्ष उप्रेतीले कृतज्ञता ज्ञापन गरेकी छिन ।

अन्त्यमा उनले हाम्रो संस्थाको हिस्सा बन्न र संस्थाको लक्ष्य हासिल गर्न मद्दत गर्नु भएकोमा संस्थापकहरू, आजीवन सदस्यहरू, सदस्यहरू, प्रायोजकहरू, र सबै समर्थकहरूलाई धन्यवाद दिएकी छिन ।

उप्रेतीको कार्यकालमा एनडब्लुजीएनले २०१९ बाट नेपाली महिलाको उद्यमशीलता तथा नेतृत्व सम्बन्धी सम्मेलन टेक्सस ड्यालसमा गर्दै आएको छ । साथै २०२० बाट डायसपोराका संघ/संस्थामा आयोजना हुने सम्मेलन,गोष्टी आदी इत्यादिमा नेपाली महिलाहरुलाई उचित स्थान र प्रतिनिधित्व दिनको लागि सशक्त आवाज उठाई केही हद सम्म परिवर्तन ल्याउन सफल भएका छन् ।

साथै हरेक दुई बर्षमा सम्मेलन मार्फत समसामायिक बिषयमा वकालत गर्ने र घरेलु हिंशामा परेकाहरुलाई समेत सहयोग पुर्याउदै आएको छ ।

नवनिर्वाचित समितिमा अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका बिभिन्न पेशा र समुदायलाई प्रतिनिधित्व हुने गरि समावेशी समितिको गठन गरिएको छ ।

प्रतिक्रिया