पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको कारागार सजाय 

इनेप्लिज २०८० माघ १६ गते १७:४८ मा प्रकाशित

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको कारागार(जेल)  सजाय सुनाइएको छ ।

पाकिस्तानका पूर्व नेता इमरान खानलाई राज्यको गोप्य कुरा चुहावट गरेको अभियोगमा १० वर्षको कारागार सजाय सुनाइएको उनको राजनीतिक दल पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले मंगलबार एक विज्ञप्तिमार्फत जनाएको छ।

सुनुवाइ मंगलबार रावलपिंडीको अदियाला झ्यालखानामा  आधिकारिक गोप्य कानून अन्तर्गत स्थापित बन्द अदालतमा भएको थियो, जहाँ खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी पहिले नै भ्रष्टाचार अभियोगमा कारागारमा छन ।

प्रतिक्रिया