इजरायलले गाजा शहरमा गरेको हवाई आक्रमणमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको प्यालेस्टिनी समाचार सँस्था (एजेन्सी)ले जनाएको छ ।
आधिकारिक प्यालेस्टिनी समाचार सँस्था वाफाका अनुसार सोमबार गाजा शहरमा इजरायली हवाई हमलामा दर्जनौं सर्वसाधारण मारिएका र घाइते भएका छन्।
प्रत्यक्षदर्शीहरूले गाजा शहरको पूर्वमा अल-तुफाह छिमेकमा रहेको एउटा परिवारको घरमा इजरायली गोलाबारीमा कम्तिमा “२५ सर्वसाधारणको मृत्यु” भएको र अन्य घाइते भएको वाफाले बताएको छ।
धेरै घाइतेहरूलाई अल-शिफा अस्पतालमा ल्याइएको वाफाका पत्रकार खादेर जानौनले बताएको समाचार सिएनएनले लेखेको छ ।
यसअघि सोमबार इजरायली सेनाले गाजा शहरको अल-रिमाल छिमेकीलाई चारै तर्फबाट आक्रमण गरेको थियो र अल-शिफा अस्पताल सहित यसलाई घेरेको थियो।
प्रतिक्रिया