अमेरिकाको केन्टकीमा हराएकी ५ वर्षीया बालिका सकुशल भेटिइन, आमाको हत्या गरेको आरोपमा उनका बुवा हिरासतमा

इनेप्लिज २०८० माघ १६ गते १२:१६ मा प्रकाशित

अमेरिकाको केन्टकी राज्यमा हराएकी ५ वर्षीया बालिका सकुशल भेटिएकी छिन् । प्रहरीका अनुसार उनको आमाको हत्या गरेको आरोपमा उनका बुवालाई हिरासतमा लिइएको छ ।

सानी बच्चीकी आमा केली ब्ल्याकलाई टाउकोको पछाडि गोली लागेको अवस्थामा भेटिएको थियो।

बेपत्ता भएकी ५ वर्षीया बालिका सुरक्षित फेला पारिएको छ । उनको बुबालाई बच्चीकी आमाको हत्याको लागि ब्यापक खोजिएको थियो भने हाल उनलाई हिरासतमा लिइएको केन्टकी अधिकारीहरूले सोमबार दिउँसो बताए ।

केन्टकी राज्यको प्रिन्सटनमा लेले ब्ल्याकको लागि गत सोमबार बिहान एम्बर अलर्ट ( सावधान/ सतर्कता सूचना )जारी गरिएको थियो। उनको ४२ बर्षिय जैविक बुबा बायरन ब्ल्याक यस घटनामा संलग्न रहेको विश्वास गरिएको केन्टकी राज्य प्रहरीले बताए । गत आइतवार प्रहरी अधिकारीहरूले लेलेको घरमा उनको आमा केली ब्ल्याकलाई टाउकोको पछाडि गोली लागेको भेट्टाएका थिए ।

प्रिन्सटन केन्टकी-टेनेसी सीमाको लगभग ४० माईल उत्तरमा पर्दछ । राज्य प्रहरीले सोमबार दिउँसो लेलेलाई सुरक्षित भेटिएको र उनका बुवा हिरासतमा रहेको घोषणा गरेको थियो। तर उनीहरु कहाँ फेला परेको प्रहरीले बबताएको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया