ब्राम्प्टन-टोरोण्टो,
नेपाल – क्यानाडा दुईपक्षिय कुटनीतिक दौत्य सम्बन्ध स्थापनाको ५९ औं बार्षिक समारोह यही जनवरी २७ मा क्यानाडाको ब्राम्पटन शहरमा भव्यताका साथ सम्पन्न भएको छ।
क्यानाडाको सकृय संस्था “ कन्सर्न नेपाल , क्यानाडा “ को आयोजनामा भएको यो समारोह संस्थाका सदस्य माधबबाट
शुरू गरिएको यस समारोहमा कुनै खादा, माला , मंच र आसन ग्रहण गराईएको थिएन । कन्सर्न नेपालको संस्थापक सदस्य चन्द्र राईको सभापतित्वमा संस्थापक सदस्य गोविन्द सिवाकोटीले सबैलाई स्वागत गर्नु भएको थियो।
संस्थाका संस्थापक सदस्य अन्जनी भट्टराईको बिशेष पावरपोइण्ट प्रस्तुतिकरणले क्यानाडा सरकारका प्रतिनिधि संघिय संसद तथा क्यानडा – नेपाल पार्लियमेण्ट्रि फ्रेन्डसिपका सभापति सोनिया सिधु, नेपाल दुताबास र अनरेरी कन्सुललाइ दुई देश बिचको सम्बन्धको बिषय प्रबेशमा निकै नै सहज भएको थियो। बिशेस अतिथि संसद सोनिया सिदुले बढ्दो नेपाली समुदायको सहयोगको लागि आफु तत्पर रहेको बताउनु भयो। गैरआवासीय नेपाली संघ क्यानाडाका नबराज गुरुंगले नेपाली समुदायका संस्था र मुद्दाहरुको पहिचान बारे संसद सिदुलाई स्पस्टयाउनु भएको थियो।
अनरेरी कन्सुल जेनेरल डा, कुन्जर शर्माले महत्वपुर्ण उपलब्धि सहित कार्यक्रम सम्पन्न गरेकोमा आयोजक कन्सर्न नेपाल क्यानाडालाई बधाई र धन्यबाद दिनु भयो।
नेपाल जनजाति महासंघ क्यानडाका अध्यक्ष बिरकाजी गुरुङ, अनिल थापा, गिर प्रसाद बुढाथोकी लगायतले आफ्नो मन्तब्य राखेका थिए।
समारोहका प्रमुख अतिथि नेपाली दुताबास क्यानाडाका कार्यबाहक राजदुत रोजिना ताम्राकारले नेपाल र क्यानाडाको कुटनीतिक सम्बन्धका बिबिध आयामहरुको चर्चा गर्दै संघिय संसद तथा क्यानाडा नेपाल पार्लियामेन्ट फ़्रेण्ड्सिपका सभापति सोनिया सिद्दुलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराउनु भयो। कार्यक्रमको अन्त्यमा शभाका सभापती चन्द्र राईले उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम बिसर्जन गर्नुभएको थियो ।
कन्सर्न नेपाल क्यानाडाले हरेक बर्षको जनवरी १८ सप्तह्न्ततिर यो कार्यक्रम आयोजना गर्ने गर्छ। सामाजिक मुद्दाहरुको उठान र नेपालको उत्थानको पक्षमा यो कन्सर्न नेपाल बिगत डेढ दशक अघि देखि सकृय हुँदै आएकोछ।
प्रतिक्रिया