सामाखुसी साहित्य समाजद्वारा ११७ औं श्रृङ्खलाको साहित्यिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० माघ १४ गते १०:५९ मा प्रकाशित

सामाखुसी साहित्य समाजद्वारा सञ्चालन हुुँदै आइरहेको ११७ औं श्रृङ्खलाको साहित्यिक कार्यक्रम माघ १३ गते शनिबारका दिन सामाखुसी स्थित लिङ्कन कलेजमा सहिद विशेष भएकोे थियो । कार्यक्रम मदन पुरस्कार बिजेता तथा नियात्राकार युवराज नयाँघरेको प्रमुुख आतिथ्यमा भयो ।

उक्त कार्यक्रममा लव खड्का, अरुण नदी खत्री, सुशिला ढकाल अधिकारी, चन्द्रा न्यौपाने, उत्तम बिचार, टेकबहादुर लौडारी, लुुमडीप्रसाद खनाल, रामचन्द्र न्यौपाने वनवासी, धरणीधर गुरागाई, नारायण निरासी, शैलेन्द्रकुमार शाह, डा.मेघराज ढकाल, कृष्णप्रसाद पौडेल लगायत २५ जनाले आ–आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रम कवि दिनेशविक्रम थापाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वाचन गरिएका कविताहरुको टिप्पणी ज्ञाननिष्ठ ज्ञवालीले गर्नुभएकोे थियो भने कार्यक्रम समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भयो ।

प्रतिक्रिया