अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्स डिसी शाखाले इन्जिनियर्स नाइट (रात्री)कार्यक्रम गर्दै

इनेप्लिज २०८० माघ १३ गते १३:१४ मा प्रकाशित

अमेरिकामा रहेका नेपाली मूलका इन्जिनियर्स (अभियन्ता) हरुको सँस्था अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्सको डिसी शाखा(च्यापटर)ले इन्जिनियर्स नाइट (रात्री)कार्यक्रम गर्ने भएको छ ।

अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका नेपाली मूलका अभियन्ताहरुले स्थापना गरेको उक्त सन् २००७ मा स्थापना भएको हो । स्थापना काल देखि नै अत्यन्तै सक्रिय र मातृभूमिको लागि परेको समयमा थुप्रै उल्लेखनीय काम गर्दै आएको छ । र यो क्रमलाई निरन्तरता दिई रहेको छ । अमेरिकाको बिभिन्न राज्यहरुमा शाखाहरु समेत रहेको अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्सको पहिलो जेठो डिसी शाखा हो । सन् २०११ मा स्थापित डिसी शाखाले बार्षिक रुपमा मनाउने इन्जिनियर्स नाइट कार्यक्रम आगामी फेब्रुअरी २४ शनिबारका दिन आयोजना गर्ने भएको छ ।

गत जनवरी २६ शुक्रबारका दिन पत्रकार सम्मेलन गर्दै फेब्रुअरी २४ शनिबारका दिन हुने कार्यक्रममा पेशामा संलग्न तथा नेपाली समुदायलाई समेत संलग्नता जनाउन आग्रह गरेको छ ।

बिस्तृत जानकारी लिन संस्थाका कुनै पनि पदाधिकारीहरुलाई सम्पर्क गर्न समेत आह्वान गरेका छन् । कार्यक्रम भर्जिनियाको फेयरफ्याक्स स्थित तन्दुरी नाइट्स नामक चमेनागृहमा हुने छ । कार्यक्रममा सहभागी हुन् ४० डलर प्रवेश शुल्क राखिएको छ भने सोही दिन सहभागी हुन् चाहेमा ५० डलर शुल्क लाग्ने छ ।

साथै १५ बर्ष सम्मका इन्जिनियर्स पेशाका सदस्यहरुका छोराछोरीहरुलाई निशुल्क प्रवेश गराईने छ भने कार्यक्रम ६ बजे पछि सुरु हुनेछ । मनोरंजनको साथै स्थानीय संगीत मण्डल(म्युजिक ब्याण्ड)सहित बिभिन्न प्रस्तुति समेत हुनेछ ।

प्रतिक्रिया