बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्किदा बेपत्ता भएका छैठौं अर्थात् अन्तिम निर्माण मजदुरको शव फेला

इनेप्लिज २०८१ वैशाख २६ गते १:१८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्किदा बेपत्ता भएका छैठौं निर्माण मजदुरको शव फेला परेको छ । बाल्टिमोरको कि ब्रिज( पुल )भत्किदा उनि पुलबाट मुनी खसेका थिए।

बाल्टिमोरका ३७ वर्षीय होजे मायनोर लोपेजलाई मंगलबार भेटिएको अधिकारीहरूले बताएका छन्।

बाल्टिमोर फ्रान्सिस स्कट की ब्रिज(पुल) भत्किँदा मारिएका छैटौं र अन्तिम बेपत्ता पीडितको शव फेला परेको अधिकारीहरूले मंगलबार जानकारी दिएका हुन् ।

बाल्टिमोरका ३७ वर्षीय होजे मायनोर लोपेजलाई मंगलबार एकीकृत कमाण्डको उद्धार टोलीले खोजेको अधिकारीहरूले बताएका छन्। उनको परिवारलाई सूचित गरिएको छ ।

घटनामा मारिएका छ जना निर्माण कार्यकर्तामध्ये लोपेज एक थिए। ती पुरुषहरूले पुलको खाल्डाहरूको मर्मत गर्दै थिए । काम गर्दै गर्दा मालसामान बोकेको जहाजले पुललाई मार्च २६ का दिन ठक्कर दिंदा पुल भत्किएको थियो। घटनामा अन्य दुई जना मजदुर बाँच्न सफल भएका थिए ।

दुर्घटनामा मारिएका अन्य व्यक्तिहरूमा अलेजान्ड्रो हर्नान्डेज फुएन्टेस, डोर्लियन रोनियाल कास्टिलो क्याब्रेरा, मेनर यासिर सुआजो-स्यान्डोभल, कार्लोस डेनियल हर्नान्डेज एस्ट्रेला र मिगुएल एन्जल लुना गोन्जालेजको शव फेला पारि सकिएको र शवको पुष्टी भै सकेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया