शिकागोमा दुई किशोरहरुलाई विद्यालयबाट बाहिर निस्कने क्रममा संदिग्धहरुले गोली प्रहार गर्दा मृत्यु

इनेप्लिज २०८० माघ १३ गते १२:२८ मा प्रकाशित

अमेरिकाको इलोनोइस राज्यको बिश्व चर्चित शहर शिकागोमा दुई किशोरहरुलाई विद्यालयबाट बाहिर निस्कने क्रममा गोली हानेर हत्या गरिएको शिकागो प्रहरीले जनाएको छ ।

१६ र १७ वर्षका किशोरहरू दिउँसो १२:२५ बजे इनोभेसन हाई स्कूल(उच्च माध्यमिक बिद्यालय) बाट बाहिर निस्केका विद्यार्थीहरूको समूहमा थिए। उनीहरु निस्कने क्रममा उनीहरुलाई गोली लागेको शिकागो प्रहरी बिभागले बताएको छ ।

मुखावरण (मास्क )लगाएका संदिग्धहरूले दुईवटा गाडीबाट निस्के र समूहमा गोली चलाएका थिए । प्रहरीका अनुसार किशोरहरूको अस्पतालमा मृत्यु भएको छ । तत्काल कोही पनि पक्राउ परेका छैनन् ।

नगर प्रमुख ब्रान्डन जोनसनले एक विज्ञप्ति जारी गर्दै गोली प्रहारप्रति दुःख व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “म उनीहरूको परिवार र इनोभेसन हाई स्कूल समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछु ,किनभने उनीहरूले यस मूर्खतापूर्ण हिंसाको कारणले अकल्पनीय पीडा र आघात भोग्नुपरेको छ।”

प्रतिक्रिया