गत जनवरी २२ का दिन भारतको उत्तर प्रदेशको रामको जन्म भूमि अयोध्यामा प्राण प्रतिष्ठाको लागि भगवान रामको प्रतिमा बनाउने अरुण योगीराज मूर्तिकारले आजतकलाई अन्तरवार्ता दिने क्रममा मूर्ति हनुमान आएको बताए ।
उनले साक्षात्कार रुपमा प्रकट नभई मूर्ति बनाउदै गर्दा कहिले नआउनेबाँदर बेलुका ४-५ बजे आउने पत्रकारलाई बताए । आउने ,हेर्ने र जाने उनले भने ।
उनले हरेक दिन आउने र पर्दा लगाए पछि पुन पर्दालाई हटाउदै उफ्रेर आएको समेत उनले अन्तर्वार्ताको क्रममा बाँदरको चर्चा गरे । अरुण योगीराज मैसुरका एक भारतीय मूर्तिकार हुन्। उनले १२५ औँ जन्मअघि नयाँ दिल्लीको इन्डिया गेट (द्वार)मा अमर जवान ज्योतिको पछाडिको चन्द्रमामा स्थापित सुभाषचन्द्र बोसको ३० फिट अग्लो मूर्ति कुदेका छन् ।
उनले आफू अत्यन्तै भाग्यशाली भएको बताउदै ५ पुस्ता देखी मूर्ति बनाउने पेशामा लागेको बताए । यो सबै भगवानको इच्छा र भगवानले नै बनाउन लगाउनु भएको भने । यो बनाउन उनलाई करिव ७ महिना लागेको भन्दै परिकल्पना गर्न धेरै समय खर्चेको बताए । प्रतिमा बनाउदा कस्तो रुप दिने बिषयमा धेरै समय लगानी गरेको बताए ।
उनले ५ बर्षिय भगवान रामको मूर्ति बनाउन स्वयम बालबालिकासँग नजिकबाट घुलमिल भएको समेत जानकारी दिए । साथै उनले दिवाली (तिहार)को समयमा बालबालिकाहरुले लगाएका पहिरनबाट उनलाई अब मूर्ति कस्तो बन्ने छ र बनाउनु पर्छ भने त्यसले बाटो खोलेको बताए । त्यहाँ देखि एउटा यस्तो बन्ने परिकल्पना गर्न मद्धत पुगेको बताए ।
उनलाई त्यतिको ठूलो परियोजना बनाउन जिम्मेवारी सुम्पिए पछि अत्यन्तै गम्भीर भएर लागेको र प्राण प्रतिष्ठा पछि सबैले मन पराएकोले आफू अत्यन्तै सन्तुष्ठ भएको बताए ।
उनले अन्तर्वार्ताकै क्रममा ३०० बर्ष देखि आफ्ना पुर्खाहरु यसै पेशामा रहेकोले आफ्नो पिता गुरु भएको भन्दै पितालाई सम्झे । त्यति मात्र नभई ढुंगामा कुद्ने काम गर्दै गर्दा आफ्नी ७ बर्षकी छोरीलाई प्रतिमामा राम बालक जस्तो देखिन्छन भन्दै सोध्ने गरेको र छोरीले बालबालिका जस्तो लाग्ने देखिएको छ भने पछि खुसी लाग्ने अन्तर्वार्तामा योगिराजले भने ।
उनले अन्तर्वार्ताकै क्रममा आफूले बनाएको प्रतिमा भित्र राखे पछि आफूलाई नै राम बदलिएको जस्तो अनुभूति भएको बताए । उनले उत्तर दिने क्रममै प्रतिमा बनाउन अर्थात् ढुंगामा कुद्न २ घण्टामा पनि बनाउन सक्छु भने तर यसलाई कुद्न अत्यन्तै मेहनत गर्नु परेको खुलासा गरे ।
प्रतिक्रिया