प्रसिद्ध छायाचित्रकार(फोटोग्राफर)राजिव श्रेष्ठलाई मातृशोक -हार्दिक श्रद्धान्जली

इनेप्लिज २०८० माघ १० गते १२:४६ मा प्रकाशित

३ दशक भन्दा ज्यादा समय देखि छायाचित्रकार(फोटोग्राफर)का रुपमा स्थापित राजिब श्रेष्ठलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा कमला देवी श्रेष्ठको ८९ बर्षको उमेरमा निधन भएको छ । आमाको जन्म अप्रिल ९, १९३५ मा भएको हो ।

हाल आमा अमेरिकाको मेरिल्याण्ड राज्यको जर्मनटाउनमा आफ्ना सुपुत्रहरुको साथमा बस्दै आउनु भएको थियो । आमाको निधन मेरिल्याण्ड राज्यको होलीक्रस अस्पतालमा आज जनवरी २४ बुधबारका दिन ४ :०८ मिनेटमा भएको हो ।

स्व आमा आमा कमला देवी श्रेष्ठका ३ जना छोरा र १ छोरी नेपाल र अमेरिकामा रहेका छन् । राजीव श्रेष्ठ तथा राजेश श्रेष्ठ २ जना छोराहरु अमेरिकामा छन् भने १ ठूलो दाजु र १ बहिनी नेपालमा रहेको श्रेष्ठले ईनेप्लिजलाई बताए । राजेश लाल श्रेष्ठ एयर जोन ट्राभल्सका सॅचालक तथा एनओए सॅस्थाका पदाधिकारी हुन।

साथै नातिनातिनीहरु नेपाल र अमेरिकामा समेत बसोबास गर्छन । यस दुखद घडीमा ईनेप्लिज परिवार शोक शन्तप्त परिवार प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

प्रतिक्रिया