अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशारमा रिपब्लिकनबाट प्राथमिक निर्वाचन जितेका छन् । उनले भारतीय मुलकी निक्की हेलीलाई यहाँ पनि हराएका छन् । ट्रम्पले आयोवा र न्यू ह्याम्पशार दुवैमा विजय हासिल गरेका छन् ।
डोनाल्ड ट्रम्पले कूल ६४,९४९ हजार मत प्राप्त गरेका छन् । अर्थात् उनले ५५.३ % मत हासिल गरे भने निक्की हेलीले ५०,५८४ मत प्राप्त गरेकी छिन । उनले कूल ४३.१ % मत हासिल गरेकी छिन ।
यस्तै आजै भएको डेमोक्र्याटिकको प्राथमिक निर्वाचनमा राष्ट्रपति जो बाइडेन डेमोक्र्याटिक पक्षबाट उम्मेदवारको रूपमा विजयी भएका छन्।
पूर्व राष्ट्रपति ट्रम्प र बाइडेन बीच नोभेम्बरमा भिडन्त हुने सम्भावना देखिएको छ । ट्रम्पकी प्रमुख प्रतिद्वन्द्वी निक्की हेली दोस्रो स्थानमा छिन् ।
निक्की हेलीले ट्रम्पलाई अर्को महिना उनको गृह राज्य साउथ क्यारोलाइना हुने रिपब्लिकन प्राथमिकमा “कठीन समय” हुने बताइन ।
प्रतिक्रिया