अमेरिकाक राजधानी डिसीमा दिन दहाडै हुलाकको गाडी चोरी गर्ने महिलालाई पक्राउ गरिएको छ । डब्लुजेएलएका अनुसार ४६ वर्षीया महिलालाई डिसीको उत्तरपश्चिम युएस पोष्ट सर्भिस (हुलाक सेवा)को चिट्ठी तथा सामान ढुवानी गर्ने गाडी चोरी गरेको देखेपछि पक्राउ गरिएको डिसी प्रहरीले जनाएको छ ।
दिउँसो करिब मध्यान्ह तिर उत्तरपश्चिमको डेलाफिल्ड मार्गको ४०० घरसमूहको क्षेत्रमा एक हुलाक कर्मचारीले एउटी महिलालाई आफ्नो हुलाक गाडीमा चढेर गाडी लागेको देखे पछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीका अनुसार घटनामा कामदारलाई कुनै चोटपटक लागेको छैन ।
दिउसो प्रहरीले संदिग्ध महिलालाई फेला पार्न र शहरभर हुलाकको गाडी पत्ता लगाएर उनलाई नेवी यार्ड नजिकै हिरासतमा लिन सक्षम भयो। डब्लुजेएलएका अनुसार संदिग्धको पहिचान भने खुलाइएको छैन ।
प्रतिक्रिया