सन् १९९१ मा भर्जिनियामा श्रीमतीको हत्या गरेको आरोपमा ३० वर्षभन्दा बढी भागेका व्यक्ति कोस्टारिकामा पक्राउ 

इनेप्लिज २०८० माघ ९ गते १९:४२ मा प्रकाशित

सन् १९९१ मा भर्जिनियामा श्रीमतीको हत्या गरेको आरोपमा ३० वर्षभन्दा बढी समय सम्म भागेका व्यक्ती कोस्टारिकामा पक्राउ परेका छन ।

उत्तरी भर्जिनियामा ३० वर्षअघि आफ्नी श्रीमतीको हत्या गरेको आरोप लागेपछि देश छाडेर भागेका एक व्यक्तिलाई हत्याको अभियोग सामना गर्न अमेरिका फर्काइएको प्रहरीले सोमबार जनाएको छ ।

सोमबार एक पत्रकार सम्मेलनमा  फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीहरूले होजे  लाजारो क्रुजलाई फल्स चर्चमा १९९१ मा आफ्नी २४ बर्षिय पत्नी  आना जुराडोलाई घातक छुरा प्रहार गरेको आरोप लगाइएको थियो। 

उनी शरीरको माथिल्लो भागमा आक्रमण भएको अवस्थामा  फेला परेकी थिइन् ।

फेयरफ्याक्स काउन्टीका उद्धारका कर्मचारीहरूले उनलाई घटनास्थलमा मृत घोषित गरेका थिए ।

उनको मृत्युको समयमा जुराडोका तीन साना बच्चाहरु समेत रहेको प्रहरीले सोमबार बताए ।

तर प्रहरीका अनुसार २४ वर्षका लाजारो क्रुज तस्करको सहयोगमा देशको दक्षिणी सिमाना हुँदै भागेर एल साल्भाडोरमा बसेका थिए । 

त्यसबेला, एल साल्भाडोरसँग अमेरिकाले खोजेका संदिग्धहरूलाई सुपुर्दगी गर्ने कुनै प्रावधान थिएन।

यद्यपि, भर्जिनियाका जासूसहरूले १९९९ मा एल साल्भाडोरको यात्रा गरे र “लाजारो क्रुजको ठेगानाको सम्बन्धमा महत्त्वपूर्ण जानकारी सङ्कलन गरे । र, तिनीहरूको सावधानीपूर्वक प्रयासहरूले विस्तृत अनुसन्धानको लागि थप मद्दत पुगेको फेयरफ्याक्स प्रहरीले बताए ।

लाजारो क्रुज २०२२ मा कोस्टारिका प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेका थिए। लामो सुपुर्दगी प्रक्रिया पछि, उनलाई अमेरिका फिर्ता ल्याइएको थियो र हाल फेयरफ्याक्स काउन्टी कारागारमा राखिएको छ ।

प्रहरीले सोमबार लाजारो क्रुजका दुई तस्बिरहरू जारी गरेको छ भने जसमध्ये एउटा सन् १९९० को दशकको र अर्को उनको गिरफ्तारीपछिको हो। 

अनुसन्धानका उपप्रमुख एली कोरीका अनुसार लाजारो क्रुजले पुनर्विवाह गरेका थिए र एल साल्भाडोरमा धेरै बच्चा रहेका छन । 

उनी एल साल्भाडोरमा मालबाहक गाडी( ट्रक) चालकको रूपमा काम गरे। लाजारो क्रुज परिवारलाई भेट्न कोस्टारिकाको सीमा पार गर्ने क्रममा पक्राउ परेको सिविएसन्यूजले जनाएको छ।

प्रतिक्रिया