सोमालियाको तटमा बेपत्ता भएका दुई अमेरिकी नौसेना नाविकहरुलाई मृत घोषित गरिएको छ । सोमालियाको तटमा जनवरी ११ का दिन कारवाही सञ्चालन गर्दा दुई अमेरिकी नौसेना नाविक बेपत्ता भएको अमेरिकी केन्द्रीय कमाण्ड(निकाय )ले जनाएको थियो । अमेरिकी नौसेनाले जनवरी २२ सोमबारका दिन मृत घोषित गरेको छ ।
सोमालियाको तटमा जनवरी ११ मा कारवाई गर्दा बेपत्ता भएपछि अमेरिकी नौसेनाले मृत घोषणा गरेका दुई नौसेनाहरुको पहिचान भएको बताईएको छ ।
नौसेनाका उनीहरु मध्ये एक ३७ बर्षिय क्रिस्टोफर चेम्बर्स तथा अर्का २७ बर्षिय नाथन गेज इन्ग्राम भएको अमेरिकी नौसेनाले सोमबार घोषणा गरेको छ । एक विज्ञप्तिमा जारी गर्दै च्याम्बर्स र इन्ग्राम असाधारण योद्धा, मायालु टोलीका साथीहरू र धेरैका प्रिय साथीहरू थिए भनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
अमेरिकाले सोमालियामा सानो सैन्य उपस्थिति कायम राखेको छ भने अमेरिकाले अल-शबाब आतंकवादी समूहको खतरालाई मध्यनजर गर्दै यसमा काम गरि रहेको छ । सोमाली सेनालाई तालिम दिनुका साथै अमेरिकाले अल-शबाब विरुद्ध आक्रमण गर्न सोमाली सरकारसँग पनि समन्वय गरि रहेको छ ।
सिएनएनका अनुसार दुवै जना जहाजमा चढिरहेका थिए जब एक जना कारवाईको समयमा पानीमा खसेका थिए भने दोस्रो पनि पछि पानीमा हाम फालेका थिए ।
सेन्टकमले दुई जनालाई १० दिन सम्म व्यापक खोज तलास गर्दा पनि नभेटिए पछि उनीहरुलाई मृत घोषित गरेको छ ।
यस विस्तृत खोज अभियानको क्रममा, अमेरिका, जापान र स्पेनका हवाई र नौसेनाहरूले हराएको टोलीका साथीहरूलाई पत्ता लगाउन २१ हजार वर्ग माइल भन्दा बढी निरन्तर खोजी गरेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया