अमेरिकाको ओक्लाहोमा उदग्रविमान दुर्घटनामा परि एयर एम्बुलेन्स (वायु रुग्णवाहक)चालक दलका तीन सदस्यको मृत्यु

इनेप्लिज २०८० माघ ८ गते १:४७ मा प्रकाशित

अमेरिकाको ओक्लाहोमा उदग्रविमान(हेलिकप्टर) दुर्घटनामा परि एयर एम्बुलेन्स (वायु रुग्णवाहक)चालक दलका तीन सदस्यको मृत्यु भएको छ ।

ओक्लाहोमामा गत शनिबार राति उदग्रविमान दुर्घटना हुँदा वायु रुग्णवाहक (एयर एम्बुलेन्स) चालक दलका तीन सदस्यको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

एयर इभ्याक लाइफटिम हेलिकप्टर (उदग्रबिमान )टोलीसँग राति ११:३० बजेको केही समय अगाडि नै नियन्त्रण कक्ष (कन्ट्रोल सेन्टर)ले सम्पर्क गुमाएपछि वेदरफोर्ड नजिकै दुर्घटना भएको जानकारी दिइएको थियो ।

सँस्थाले आइतवार एक विज्ञप्तिमा जारी गर्दै चालक दल ओक्लाहोमा शहरबाट ७० माईल (११३ किलोमिटर) पश्चिममा वेदरफोर्डको आधारमा फर्किरहेको थियो। विज्ञप्तिमा जनाई अनुसार राजधानीमा बिरामी हेरचाह यातायात पूरा गरेपछि फर्कि रहेको थियो ।

नजिकैको एयर इभ्याक टोलीहरूले चालक दलका सदस्यहरूको खोजीमा प्रहरीहरुलाई सहयोग गरेका थिए । अन्य जानकारी प्रदान नगरिएको एबिसीन्यूजले उल्लेख गरेको छ ।

राष्ट्रिय यातायात सुरक्षा समितिले दुर्घटनाको अनुसन्धान गर्नेछ।

प्रतिक्रिया