फ्लोरिडाका गभर्नर तथा रिपब्लिकनका राष्ट्रपतिका दाबेदार समेत रहेका प्रभाशाली उम्मेदवार रन डिस्यानटिसले न्यू ह्याम्पशार प्राथमिक अघि राष्ट्रपतिको अभियान समाप्त गर्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् ।
उनले सामाजिक संजालमा घोषणा गर्दै ट्रम्पलाई तुरुन्तै समर्थन पनि गरे । डिस्यानटिसले न्यू ह्याम्पशायरको प्राथमिक मतदान हुन ४८ घण्टाभन्दा कम समयमै यो घोषणा गरेका हुन् ।
उनलाई गत वर्षको धेरै जसोले रिपब्लिकनका उदाउदा ताराको रूपमा प्रशंसा गरेका थिए । उनले २०२४ को दौडको प्रारम्भिक मतदानमा प्रतिद्वन्द्वी ट्रम्पलाई पछाडि पार्न असफल भएपछि आफ्नो राष्ट्रपतिको अभियान समाप्त गरेका हुन् ।
डिस्यानटिसले आइतबार सामाजिक संजाल एक्समा साढे चार मिनेटको श्रब्यदृश्य (भिडियो) प्रकाशन गरे पछि सबै आश्चर्य भएका छन् । उनले सबैलाई छक्क परि दिए किनकी उनि एक शक्तिशाली राजनैतिक व्यक्तित्व हुन् भने तर मत सर्वेक्षणमा ट्रम्पले दोब्बर मतले उनलाई फरक पारे पछि उनले घुँडा टेकेका हुन् । आयोवामा पनि दोब्बर अंकले ट्रम्पले पछारे पछि उनले यो निर्णय गरेका हुन् ।
“हामीसँग विजयको लागि स्पष्ट बाटो नै छैन,” उनले श्रब्यदृश्य (भिडियो)मा भने। मत सर्वेक्षणका अनुसार मंगलबार न्यु ह्याम्पशारमा ट्रम्पलाई हराउने सबैभन्दा राम्रो मौका हेलीसँग रहेको एबिसीन्यूजले जनाएको छ ।
ट्रम्पको समर्थनमा जोड दिदै कोरोनाभाइरस महामारीको समयमा मेरो डोनाल्ड ट्रम्पसँग असहमति थियो ,उनले भने। ट्रम्प वर्तमान राष्ट्रपति जो बाइडेन भन्दा उच्च छन् र यो स्पष्ट छ । मैले रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्ने वाचामा हस्ताक्षर गरे र म त्यो प्रतिज्ञालाई सम्मान गर्नेछु। उहालाई मेरो समर्थन हुनेछ ,उनले भने।
प्रतिक्रिया