टेक्ससमा छोटो अवधिको लागि भाडामा लिएको घरमा गोली चल्दा ३ जनाको मृत्यु, २ घाइते

इनेप्लिज २०८० माघ ७ गते १३:२५ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा छोटो अवधिको लागि भाडामा लिएको घरमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

टेक्ससको क्याटीमा कसैले छोटो अवधिको लागि लिएको भाडाको घरमा गोली चल्दा ३ जनाको मृत्यु र २ घाइते भएको शेरिफले बताए ।

एक पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

ह्यारिस काउन्टी शेरिफ एड गोन्जालेजका अनुसार गोलीबारीको खबर आइतवार बिहान करिब २ बजे आएको थियो । एक जमघटमा जसमा करिब २० जना सम्म रहेका थिए। प्रहरी अधिकारीहरूले दिएको जानकारी अनुसार उपस्थित भएकाहरूको उमेर करिव २० वर्षको हाराहारीमा रहेको थियो ।

एक पुरुष र एक महिलालाई घटनास्थलमा मृत घोषित गरिएको थियो भने अर्का एक पुरुषको स्थानीय अस्पतालमा मृत्यु भएको गोन्जालेजले भने।

अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ, यद्यपि उनीहरूको अवस्था अज्ञात रहेको गोन्जालेजले बताए ।

प्रहरी अधिकारीहरूले गोलीबारीमा कति जना व्यक्ति संलग्न थिए भनेर निर्धारण गर्न प्रयास गरिरहेका छन्। धेरै मानिसहरूलाई घर भित्र गोली हानिएको थियो।

यद्यपि अधिकारीहरूले अझै पनि गोलीबारीको उद्देश्य निर्धारण गर्न प्रयास गरिरहेको गोन्जालेजले भने।

प्रतिक्रिया