अमेरिकामा एकल पुरुषको तुलनामा एकल महिलाहरुद्वारा घर ज्यादा खरिद : एक अध्ययन

इनेप्लिज २०८० माघ ६ गते १९:३२ मा प्रकाशित

अमेरिकामा एकल पुरुषको तुलनामा अविवाहित अर्थात् एकल महिलाको नाममा धेरै घरहरू भएको एक सर्वेक्षणले देखाएको छ । अर्थात् आर्थिक स्थिति महिलाको बढी भएको उक्त सर्वेक्षणमा देखाईएको छ । उनीहरुले आफ्नो स्वामित्वमा ज्यादा आफ्नो नाममा जोडेका छन् ।

भुक्तानीको सवालमा यद्यपि अमेरिकी महिलाहरूले अझै पनि पुरुषहरूलाई पछाडी परेका छन् । घरको स्वामित्वको सवालमा महिलाहरुले सम्पत्ति निर्माण गर्ने एउटा महत्त्वपूर्ण तरिकामा आर्थिक रूपमा पुरुषलाई पछि पारेका छन् ।

लेन्डिङ्ग ट्री नामक एक सँस्थाले गरेको हालको अध्ययन अनुसार एकल महिलाहरूले आफ्ना पुरुष समकक्षहरू भन्दा २.७ मिलियन अर्थात् २७ लाख ज्यादा घरहरु आफ्नो स्वामित्वमा राख्न सफल भएका छन् ।

ती महिलाहरू मध्ये लगभग १३ % महिलाहरूले आफ्नो घरमा उनीहरुले आफ्नो नाममा स्वामित्वमा राखेका छन् भने पुरुषहरूले केवल १० % मात्र आफ्नो स्वामित्वमा राख्न सफल छन् ।

महिलाहरूले ऐतिहासिक रूपमा सम्पत्ति सिर्जना गर्न सामाजिक र आर्थिक बाधाहरूको सामना गरेका छन् । लेन्डिङ्ग ट्रीको अध्ययन अमेरिकी जनगणना ब्यूरोको २०२२ को अमेरिकी सामुदायिक सर्वेक्षण र घर मालिकहरूको उमेर, आय, शिक्षा र जातीय पृष्ठभूमि सहित जनसांख्यिकीय कारकहरूको लागि तथ्यांकको विश्लेषणमा आधारित छ।

लेन्डिङ्ग ट्री का अनुसार, डेलावेयर र लुजियाना जस्ता राज्यहरूमा पुरुषको तुलनामा महिला घरमालिकताको दर १५ % भन्दा बढी रहेको छ । र ,४७ राज्यहरूमा एकल महिलाहरुको नाममा घर आफ्नो स्वामित्वमा आफ्ना पुरुष साथीहरू भन्दा बढी रहेको छ ।

यद्यपि, अलास्का, नर्थ डकोटा र साउथ डकोटामा एकल महिलाको तुलनामा एकल पुरुषहरूको नाममा धेरै घरहरू आफ्नो स्वामित्वमा पारेका छन् ।

सन् २०२० को अमेरिकी जनगणना ब्यूरोको प्रतिवेदन अनुसार घरेलु इक्विटी(समान हिस्सा )ले औसत घरपरिवारको सम्पत्तिको लगभग २८ % ओगटेको छ।

फेडरल रिजर्भ बैंक सेन्ट लुइसका अनुसार महिलाको नेतृत्वमा रहेको घरपरिवारको औसत सम्पत्ति पुरुषको नेतृत्वको तुलनामा ४५% कम छ।

प्रतिक्रिया