अमेरिकाको टेक्सस राज्यका एक व्यक्तिले १३ बर्षिय किशोरीलाई सान एन्टोनियोमा अपहरण गरि पटक पटक यौन आक्रमण गरेको आरोपमा न्यूनतम २० वर्षको कैद सजाय सुनाईएको छ ।
उक्त किशोरीले अपहरणकारी बाहिर गएको समयमा मलाई मद्धत गर्नु होस् भन्ने कागजमा सूचनापाटी जस्तै बनाएर गाडीमा प्रदर्शन गरे पछि एक असल मानिसले ९११ प्रहरीलाई खबर गरे पछि अपहरणकारी पक्राउ परेका थिए ।
सान एन्टोनियोमा १३ वर्षीया बालिकाको अपहरण गर्ने र गत वर्ष दक्षिणी क्यालिफोर्नियामा गाडी हाक्दै गर्दा उनलाई पटकपटक यौन दुर्व्यवहार गरेका थिए । उक्त व्यक्तिले गत शुक्रबार अपहरणको आरोपमा संघीय अपहरणको आरोप स्वीकार गरेको क्यालिफोर्नियाको केन्द्रीय जिल्लाले बताएको छ ।
६२ वर्षीय स्टिभन रोबर्ट सब्लानले सान एन्टोनियोमा जुलाई ६, २०२३ मा बन्दुक देखाएर बालिकालाई अपहरण गरेका थिए । क्यालिफोर्नियाको लङ बिचमा गाडी चलाउदै गर्दा उनीसँग “यौन गतिविधिमा संलग्न” भएको निवेदन सम्झौतामा भनिएको छ।
अपहरणको क्रममा सब्लानले यदि तिमी मसँग कारमा चढेनौ भने म तिमीलाई चोट पुर्याउँछु भनि धम्की दिएको अदालतको कागजातमा उल्लेख गरिएको छ ।
अपहरणमा परेकी पीडितले ‘मलाई मद्दत गर्नुहोस्!’ भन्ने चिन्ह राखेकोले किशोरीको उद्धार भएको र संदिग्धलाई गिरफ्तारीमा पुर्याएको सिएनएनले जनाएको छ
सब्लानलाई अनिवार्य न्यूनतम २० वर्षको झ्यालखाना र अधिकतम आजीवन कारावासको सजाय हुने अमेरिकी सरकारी वकिलको कार्यालयले विज्ञप्तिमा जनाएको छ । उनि रिहा भएपछि उनले यौन अपराधीको रूपमा दर्ता गर्न पनि आवश्यक हुने निवेदन सम्झौतामा भनिएको छ।
सब्लानलाई अक्टोबर २५ मा सजाय सुनाउने तयारी रहेको छ ।
प्रतिक्रिया