ट्रम्पसंगै राष्ट्रपतिका उम्मेदवार बनेका सिनेटर स्कटद्वारा न्यु ह्याम्पशायर प्राथमिक अगाडि ट्रम्पलाई समर्थन , विवेक रामास्वामी पछि स्कटको समर्थन

इनेप्लिज २०८० माघ ६ गते १२:१२ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प संगै राष्ट्रपतिका उम्मेदवार बनेका सिनेटर टिम स्कटले न्यु ह्याम्पशायर प्राथमिक निर्वाचन अगाडि ट्रम्पलाई समर्थन गरेका छन् । केही समय अघि अर्का राष्ट्रपतिका उम्मेवादर भारतीय मूलका विवेक रामास्वामी पछि ट्रम्पलाई समर्थन गरेका थिए ।

स्कट साउथ क्यारोलाईनाका रिपब्लिकन दलका सिनेटर हुन् भने साउथ क्यारोलाइना कै भारतीय मूलकी राष्ट्रपतिकी उम्मेदवार निक्की हेलीको लागि यो झटका हो।

स्कटले न्यु ह्याम्पशायरको कन्कर्डमा उनको सभामा उनलाई समर्थन गर्दै जोशिला भाषण गरेका थिए । स्कटले आफ्नो समर्थन घोषणा गर्नु अघि ट्रम्पको आप्रवासन, सामाजिक सुरक्षा र अपराध विरुद्धको उनको मुद्धालाई जोड दिए।

म अमेरिकाको भावी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्न न्यू ह्याम्पशायरको अत्यन्त न्यानो राज्यमा आएको छु,स्कटले भने। हामीलाई एक राष्ट्रपति चाहिन्छ जसले हाम्रो देशलाई एकताबद्ध गर्नेछ । हामीलाई डोनाल्ड ट्रम्प चाहिन्छ ।

ट्रम्पले स्कटलाई “धेरै राम्रो मानिस” र “धेरै सम्मानित व्यक्ति” भनेर प्रशंसा गर्दै धन्यवाद दिए। न्यु ह्याम्पशायरमा प्राथमिक निर्वाचन जनवरी २३ को लागि तय गरिएको छ ।

स्मरण रहोस ,सन् २०११ देखि २०१७ सम्म साउथ क्यारोलाईनाको गभर्नरको रुपमा काम गरिसकेकी हेलीले सन् २०१२ मा स्कटलाई सिनेटमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया