अमेरिकाको कोलोराडो राज्यमा भर्खरै बेचेको घरको शीतक यन्त्र(फ्रिज)मा मानव टाउको र हात फेला परेपछि रहस्यमय हत्याको अनुसन्धान भै रहेको एबिसीन्यूजले जनाएको छ ।
प्रहरीका अनुसार हालसालै बिक्री गरिएको घरको फ्रिजर( चिसो पार्ने यन्त्र )मा शरीरका अंगहरू फेला परेपछि अनुसन्धान सुरु गरिएको छ ।
कोलोराडोको ग्राण्ड जंक्शन शहर स्थित एक घरमा मानव अवशेष फेला परेको हो । मेसा काउन्टी शेरिफको कार्यालयका अनुसार ग्रान्ड जंक्शनको एक निवासमा जनवरी १२ मा यो खोज गरिएको थियो। प्रहरी सहायक (डेपुटी)हरूले दिउँसो २:३० बजेतिर “शङ्कास्पद घटना” लागे पछि उनीहरु त्यहाँ पुगेको शेरिफ कार्यालयले जनाएको छ ।
सम्पत्ति सफा गर्ने मानिसहरूले उनीहरूलाई मानव अवशेष हो भनेर विश्वास लागेको शेरिफको कार्यालयले उल्लेख गरेको छ । तिनीहरू शीतक यन्त्र (फ्रिजर)मा फेला पारेको शेरिफको कार्यालयका प्रवक्ताले बताए ।
मेसा काउन्टी मृत्यु समीक्षक (कोरोनर)को कार्यालयले यस हप्ता गरेको शव परीक्षण अनुसार अवशेषहरू मानव टाउको र हात भएको शेरिफको कार्यालयले बिहीबार जानकारी दिए।
मेसा काउन्टी शेरिफको कार्यालयले एक विज्ञप्तिमा जारी गर्दै भन्यो, “यस समयमा, अर्को परीक्षण पूरा नहुन्जेल हामीसँग कुनै अन्य निश्चित उत्तरहरू छैनन्।” “यस्ता प्रकारका परीक्षणहरूले महत्त्वपूर्ण समय लिन्छ र यो अनुसन्धान जारी छ।”
प्रतिक्रिया