अमेरिकाको पर्यटकिय क्षेत्र केपकोडमा उधौली तथा येलेदोङ्ग ५०८४ भब्यरुपमा सम्पन्न

इनेप्लिज २०८० माघ ५ गते २१:४१ मा प्रकाशित

शेखर राई । न्यूह्याम्सायर

किरात नयाँ वर्ष येलेदोङ्ग ५०८४ तथा उधौली धिरीनामको पावन अवसरमा UKROA, यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको न्यू ईङ्गल्याण्ड च्याप्टरले गत ६ जनवरी २०२४, शनिवारका दिन म्यासेचुसेट राज्यको पर्यटकिय क्षेत्र केपकोडको च्याथम शहरमा भव्य रुपमा साकेला उधौली पूजा गरी मनाएको छ।

यूक्रा न्यू ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण ब. राईको अध्यक्षता र केन्द्रिय अध्यक्ष जय थुलुङ्ग राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त उधौली समारोहमा अतिथीहरु, NRNA NH च्याप्टरका अध्यक्ष कलम ढुंगाना, ILNS NH च्याप्टकी अध्यक्ष हरिमाया अधिकारी, ILNS बोर्ड अफ ट्रष्टी तथा प्रधान सम्पादक ईश्वरी भट्ट, केपकोड नेपाली समाजका अध्यक्ष केवी राई, महासचिव ईच्छा खड्का, हामी नेपाली ग्लोबलका निवर्तमान प्रवक्ता किरण पौडेल, UKROA का संस्थापक अध्यक्ष तथा न्यु ह्याप्पसायर राज्यका लागि नेपाली सद्भावनादुत शिव कु.राई, साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितीका महासचिव/ साकेलाथान परियोजनाको संयोजक तथा पूर्व अध्यक्ष विष्णु कुमार राई, केन्द्रिय उपाध्यक्ष तथा न्युयोर्क राज्यका लागि नेपाली सद्भावनादुत केशवराम राई, महासचिव मुक्ति नारायण राई, संस्थापक सदस्यहरु धौलवीर राई, कानुनी सल्लाहकार सुरेश चाम्लिङ्ग राई, न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राई, अन्तराष्ट्रिय कराते प्रशिक्षक तथा निरिक्षक पर्खी खालिङ राई, साँस्कृतिक कार्यक्रम संयोजक लक्ष्मी कुमार राई लगायत न्यूह्याम्पसार, म्यासाचुसेट, न्यूयोर्क र कनेक्टिकट् राज्यमा बसोबास गर्नुहुने अन्दाजी २५० जति किरात तथा गैर किरात नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भव्य उपस्थिती रहेको थियो।

नक्छुङ्ग/नोक्छो पदम ब राईले प्रतिकात्मक रुपमा स्थापित तीनचुला र सिमेभुभेमा अदुवा र न्वागी (अन्न) चढाउदै मुन्धुमी विधीबाट उधौली पूजा शुरु गरी ढोल र झ्याम्टाको तालमा प्रतिकात्मक रुपमा स्थापित तीनचुला र सिमेभुभेलाई गोलाकार बनाउदै साकेला सिली नाँची उधौली पूजाको औपचारिक रुपमा प्रारम्भ गरिएको जानकारी उक्त समारोहका संयोजक तथा च्याप्टर उपाध्याक्ष हरि राईले दिएका छन्।

उधौली तथा किरात नयाँ वर्ष येलेदोङ ५०८४ को शुभकामना दिदै, उक्त समारोहका प्रमुख अतिथी केन्द्रिय अध्यक्ष जय थुलुङ्ग राईले किरात राईहरुको भाषा, संस्कृति र ईतिहासको संरक्षण, अभ्यास र पुस्तान्तरणमा यस संस्थाको अर्जुन दृष्टी रहेको बताएका थिए। त्यस्तै गरी किरात राईक़ो भाषा, संस्कृति, मौलिक चाडहरु र बंश परम्पराको सन्दर्भमा सचेतनामूलक अभियान चलाईरहेका अभियन्ता गणेश राई चाम्लिङ्ग (गरचा) किरातले राईहरुको बंश परम्परामा राखिने मुन्धुमी नाम “मिचुलुङ्ग” र यसको महत्ववारे चर्चा गरेका थिए।अतिथीहरु ILNS NH च्याप्टरकी अध्यक्ष हरिमाया अधिकारीले मिठो राष्ट्रिय गान गाएर शुभकामना व्यक्त गरेकी थिइन् भने NRNA NH च्याप्टरका अध्यक्ष कमल ढुंगानाले सम्पूर्ण NRNA को तर्फबाट उधौलिको शुभकामना ब्यक्त गरेका थिए।

साकेलाथान परियोजनाका संयोजक तथा पूर्व अध्यक्ष विष्णु राई र सदस्य सचिव मुक्ति नारायण राईले उक्त परियोजनाको प्रगती विवरण प्रस्तुत गर्दै, सहयोगी/किरात राई दाताहरू र शुभेच्छुक मित्रहरुलाई खदा लगाई सम्मान गरेका थिए। उधौली साकेला समारोहको दोश्रो सेसनमा किरात राई बन्धुहरु र निम्तालु पाहुनाहरुले उल्लासमय वातावरणमा साकेला सिली नाच्दै एकअर्कामा शुभकामना साटेका थिए। कलाकारहरु गायिका तथा नायिका बसन्ती राई NY, कशुन चोङ्गवाङ Boston, र केपकोडका कलाकारहरु दिप्ति अधिकारी, आशा आचार्य र रिया चालिसेले सुन्दर नृत्यहरू प्रश्तुत गरेका थिए भने चन्द्र कुमार राईले लोकप्रिय गीतहरु गाएर सबैलाई नचाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

उधौली समारोहका संयोजक तथा उपाध्यक्ष हरि राईले रिसिया गाउदै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथीहरु र महानुभावहरुलाई स्वागत गरेका थिए।भने उक्त उधौली समारोहमा मिष्टान्न भोजनहरु र पेय पदार्थ तयार पार्नुहुने केपकोड निवासी दिदीवहिनीहरु र स्वायम सेवकहरू भलाकाजी राई, डिक्री माया राई, दिर्घ राई, अर्पना राई, के. वि राई, निशा राई, शुरेश लामा, डोमा लामा, दिल कुमार राई, श्रृजना राई, सिताराम राई, करुणा राई, खगेन्द्र राई, चिझा राई, सविना राई, यसोदा राई, प्रतिक राई, सुप्रिया राई, देव राई, आदित्य राई, केपकोड नेपाली समाजका महासचिव ईच्छा खड्का, वोर्ड सदस्य कुवेर विन्दुकार र समाजसेवी विष्णुमान प्रधानलाई कार्यक्रमको समेत अध्यक्षता गरिरहेका च्याष्टर अध्यक्ष कर्ण ब. राईले सवैलाई खदा लगाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।उक्त साकेला उधौली तथा किरात नव वर्ष येलेदोड: ५०८४ समारोहको सम्पुर्ण कार्यक्रमको संचालन च्याप्टर महासचिव राकेश राईले गरेका थिए।

केपकोड नेपाली समाजका अध्यक्ष तथा UKROA न्यूईङ्गलैण्ड च्याप्टरका आर्थिक सल्लाहकार केवी राईको संयोजकत्वमा दोस्रो दिन अर्थात ७ जनवरी २०२४, आईतवारका दिन ह्यानिस शहर स्थित Courtyard Marriott Cape Cod Hotel को Master Conference सभाहलमा उधौली तथा किरात नयाँ वर्ष येलेदोङ्ग ५०८४ को उपलक्ष्यमा न्युर्योक, कनेक्टिकट् , न्यूह्याम्पसार, बोष्टन र केपकोड क्षेत्रबाट उपस्थित भएका किरात राई बन्धुहरु र UKROA का शुभेच्छुकहरूको बीचमा पार्रिवारिक परिचय, शुभकामना आदन प्रदान तथा सस्थाको वारेमा छोटो अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो।दिवा भोज सहित आयोजित उक्त अन्तरक्रिया कार्यक्रमको संचालन केन्द्रिय महासचिव मुक्ति नारायण राईले गरेका थिए।

प्रतिक्रिया