अफ्रीकामा रहेका हाल नेपाल पुगेका एक नेपाली युवकको नेपालमा डेङुको कारण निधन भएको छ । गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष तथा चिर परिचित सामाजिक अभियन्ता हिक्मत थापाले दिएको जानकारी अनुसार आइभोरी कोष्ट र पछि तान्जानिया रहेका हाम्रा मित्र कृष्ण डुम्रेको आज पोखरामा दु:खद निधन भएको छ ।
थापाले सामाजिक संजालको समूह मार्फत उक्त जानकारी दिएका हुन् ।डेङुको कारणले उपचार गराउदै गराउदै मृत्यु भएको हो ।
हिजो पोखरा लगेको र आज बिहान पोखरा अस्पतालमा निधन भएकोले अहिले राम्दिमा दाहासस्कार गर्दै गरेको थापाले ईनेपलिजलाई बताए ।
प्रतिक्रिया