अमेरिकामा अत्यधिक चिसोको कारण खेल हेर्दै गर्दा १५ जना दर्शकहरु अस्पताल भर्ना

इनेप्लिज २०८० माघ ३ गते १२:०३ मा प्रकाशित

अमेरिकाका अधिकांश राज्यहरुमा हिमपात र अत्यधिक चिसोको कारण खेल हेर्दै गर्दा १५ जना दर्शकहरु अस्पताल भर्ना गरिएको एबिसीन्यूजले जनाएको छ।

अमेरिकी फुटबल(भकुण्डो )खेल हेर्दै गर्दा उक्त समयमा तापक्रम बिशाल हिमपात र हावा चलेको कारण ऋणात्मक (माइनस) ४ डिग्री र हावा ऋणात्मक २७ पुगे पछि दर्शकहरुलाई हाइपोथर्मिया (शरीरमा न्यून तापक्रम झर्नु)भए पछि खेल मैदान भित्र र बाहिरबाट आकस्मिक सेवा बोलाईएको थियो ।

अमेरिकामा हिमपात ,वर्षा र चिसोको कारण करिव १० करोड मानिसहरु प्रभावितमा परेका छन् । दर्जनौ राज्यहरुमा चिसोको सतर्कता जारी गरिएको छ ।

खतरनाक चिसो तापक्रममा अमेरिकाको मिजौरीको क्यान्सस सिटी चिफ तथा र मायामी डल्फिन बीच कन्सास शहरमा गत शनिबार आयोजना भएको एनएफएल खेलमा भाग लिएपछि धेरै मानिसहरूलाई अस्पताल लागिएको थियो।

प्रमुख सञ्चार विभागका अनुसार शनिबार साँझ अमेरिकी भकुण्डो एनएफएलको इतिहासमा खेलिएको खेलमा सबैभन्दा चिसो खेलहरू मध्ये एक भएको छ ।

क्यानसस सिटी नामक शहरका अग्नि नियन्त्रण बिभागका प्रवक्ताले रंगशाला भित्र र सवारी साधन अड्डाबाट ६९ वटा दूरभाष आएको र जसमध्ये आधा हाइपोथर्मियासँग सम्बन्धित भएको उनले बताए ।

केही बिरामीहरूलाई सम्बन्धित स्थलमा मूल्याङ्कन गरी उपचार गरिएको र १५ जनालाई यस क्षेत्रका अस्पतालहरूमा लगिएको थियो । जसमा कम्तीमा ७ जनालाई हाइपोथर्मिया(अल्पताप) का लक्षणहरू र तीन जनालाई फ्रस्टबाइट(शीतदंश)का लक्षणहरूका लागि उपचार गरिएको छ।

प्रतिक्रिया