न्यूयोर्कको ब्रुकलिन भूमिगत रेलमार्गमा झगडा छुट्याउन खोज्दा एक व्यक्तिको मृत्यु भएको एविसिन्यूजले जनाएको छ ।
अहिले सम्म कसैलाई पक्राउ गरिएको छैन भने एक संदिग्ध अझै फरार रहेको प्रहरीले बिभागले बताएको छ ।
ब्रुकलिन सबवे ( भूमिगत रेलमार्ग)मा गोली हानेर मारिएका एक व्यक्तिले अन्य दुई पुरुषहरू बीचको झगडाको क्रममा शान्ति स्थापना गर्ने प्रयास गरेको हुन सक्ने न्यूयोर्क प्रहरी बिभालले बताएको छ।
रिचर्ड हेन्डरसनलाई गत आइतवार रकवे एभिन्यू स्टेसन( चौकी) को पश्चिममा कतै रेल गाडी छेउमा गोली हानिएको थियो ।
पछि अस्पतालमा हेन्डरसनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हेन्डरसनलाई गोली हान्दा चर्को सङ्गीतलाई लिएर अन्य दुई पुरुषबीचको झगडामा शान्ति स्थापना भएको देखिन्छ ।
उनि लक्षित नभएको हुन सक्छ र बन्दुकधारीले उसले बहस गरिरहेको व्यक्तिको दिशामा गोली हानेको हुन सक्छ, प्रहरीले भने ।
प्रतिक्रिया