नेपाली चलचित्र ‘द सेक्रेटस् अफ‘राधा’ अमेरिकाको सियाटल र क्यानडामा प्रदर्शन हुने

इनेप्लिज २०८० पुष २९ गते २०:३७ मा प्रकाशित

नेपाली चलचित्र ‘द सेक्रेटस् अफ‘राधा’ अमेरिकाको वाशिंगटन राज्यको सियाटल र क्यानडाको ब्रिटिश कोलम्बियामा प्रदर्शन हुने भएको छ । अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन भै सकेका छन् भने अमेरिका पछि बिश्वका बिभिन्न राज्यमा प्रदर्शन सकिए पछि पुन अमेरिका र क्यानडामा प्रदर्शन गरिने भएको छ।

आगामी जनवरी २६ का दिन सियाटल र जनवरी २८ का दिन क्यानडामा प्रदर्शन हुने चलचित्रका निर्देशक सुबर्ण थापाले ईनेप्लिजलाई बताए ।

सियाटलमा जनवरी २६ शुक्रबारको दिन ८ बजे सम्म राती प्रदर्शन हुनेछ । सियाटलको प्यासिफिक साइन्स सेन्टरमा प्रदर्श हुने थापाले बताए । त्यस्तै यो चलचित्र जनवरी २८ आईतबारका दिन बर्नएबी हलमा दिउसो ४ बजे प्रदर्शन हुनेछ ।

यस चलचित्रका निर्देशक सुवर्ण थापा स्वयम उपस्थित भै प्रदर्शनमा दर्शकहरुसँग स्वयम सहभागी हुने छन् । द सेक्रेट अफ राधा” नारीका संम्वेदनाहरूलाई केन्द्र बिन्दुमा राखेर निर्देशक सुवर्ण थापाद्धारा निर्देशन तथा निर्माण गरिएको चलचित्र हो।

एक गर्भवती महिलाले आफ्नो बेपत्ता भएको श्रीमानको खोजी गर्ने गरेको संघर्षको कथालाई चलचित्रले मुख्य कथा बस्तु बनाएको छ। यस चलचित्रको मुख्य पात्र राधाले जस्तै हजारौ हजार हाम्रा दिदिबहिनीहरूले पनि यस्तो समस्या दिनहु हाम्रो समाजमा भोग्दै आएका छन्।बर्तमान समयमा नेपाली समाजमा घटिआएका र हाम्रो समाजले भोगी आएको कथा बस्तुलाई लिएर यो चलचित्र निर्माण भएको छ। तसर्थ यो चलचित्र एक सामाजिक चलचित्र बन्न सफल भएको छ।

राधा राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरूमा ख्याति कमाएको चलचित्र हो। यो चलचित्र फ्रान्सको चर्चित “ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलमा” ७ बिधामा मनोनयन परेको थियो। जसमा उत्कृष्ट कलाकार ,निर्देशक र चलचित्र गरि तीन बिधामा पुरस्कार जितेको चलचित्र हो। त्यस्तै यो चलचित्र नेपालको नेफ्टा अवार्ड(पुरस्कार)मा पनि १० विधामा मनोनयनमा परेको चलचित्र हो।

प्रतिक्रिया