अमेरिकाको ओक्लाहोमा ४.४ परिमाणको भूकम्प २ पटक र अन्य स-साना भूकम्प धेरै पटक आएको अभिलेख

इनेप्लिज २०८० पुष २८ गते १९:२१ मा प्रकाशित

अमेरिकाको ओक्लाहो राज्यको ओक्लाहोमा महा नगर क्षेत्रमा ४.४ परिमाणको भूकम्प २ पटक र अन्य स-साना भूकम्प धेरै पटक आएको अभिलेख(रेकर्ड ) गरिएको छ ।

अहिलेसम्म कुनै क्षति वा चोटपटकको खबर आई नपुगेको समाचार एबिसीन्यूजले उल्लेख गरेको छ । ओक्लाहोमामा गत शुक्रबार साँझदेखि शनिबार बिहानसम्म ४.४ परिमाण (म्याग्निच्युड)का कम्तीमा दुईवटा भूकम्प गएको थियो।

राति ९ बजेर ३७ मिनेटमा ३.२ मापनको भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस ) का अनुसार ओक्लाहोमा शहरको उत्तरपूर्वमा रहेको आर्केडिया नजिकैको मध्य समय अनुसार लगभग १० मिनेट पछि ४.४ परिमाण (म्याग्निच्युड)को भूकम्प आर्केडियाको चार माइल पश्चिममा अभिलेख (रेकर्ड)गरिएको थियो ।

युएसजीएसका अनुसार यसपछि क्रमशः २.७ र २.५ परिमाणका दुई साना भूकम्प गएका थिए। ओक्लाहोमा भूगर्भ सर्वेक्षणले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पको परिणाम स्वरूप “लगभग क्षेत्र र ओक्लाहोमा शहर भरि कडा कम्पन” गएको विवरण दिएको छ ।

ओक्लाहोमा भूकम्पको इतिहासमा सेप्टेम्बर ३ ,२०१६ मा उत्तरी ओक्लाहोमामा अवस्थित पावनी जिकै आएको ५.८ परिणामको भूकम्प सबै भन्दा शक्तिशाली थियो।

प्रतिक्रिया