अमेरिकामा कोभिड-१९ को कारण अस्पताल भर्ना हुनेको संख्या नवौ हप्ता लगातार वृद्धि भएको सिडिसीले जनाएको छ । अस्पताल भर्ना हुने फ्लूबाट प्रभावित बिरामीहरुको संख्या पहिलो पटक घटेको छ ।
सिडिसीका अनुसार डिसेम्बर ९ ,२०२३ सम्म हरेक हप्ता लगभग १,५०० अमेरिकीहरूको कोभिड-१९ बाट मृत्यु भएको छ । श्वासप्रश्वास भाइरस (बिषाणु)गतिविधि अमेरिका भरि उच्च रहने क्रम जारी रहेको छ ।
शुक्रवार सम्म “उच्च” वा “धेरै उच्च” स्तरको श्वासप्रश्वासको समस्या ,खोकी र ज्वरो लगायतका लक्षणहरू भएकाहरुले स्वास्थ्य सेवा प्रदायकलाई भेट्ने न्यूयोर्क शहर र जिल्लाको अतिरिक्त ३५ वटा राज्यहरूमा अत्यधिक देखिएको छ ।
सिडिसीका अनुसार जनवरी ६ मा समाप्त भएको हप्तामा साप्ताहिक कोभिड रोगबाट अस्पताल भर्ती हुनेहरुको संख्या बढेर ३५,८०१ पुगेको छ। यो वृद्धि लगातार नवौं हप्ता हो, तर गत वर्ष भर्ना भन्दा न्यून रहेको छ ।
अमेरिकाका सबै काउन्टीहरूमा लगभग ४० % अस्पताल भर्ना रहरू मध्यम श्रेणीमा छन भनि एबिसीन्यूजले जनाएको छ । यसको मतलब अस्पतालहरूले गत हप्तामा प्रति १ लाख व्यक्तिहरूमा १०.० देखि १९. ९ नयाँ भर्नाहरू कोभिड-१९ हेरि रहेका छन्।
सिडीसीका अनुसार ६५ वर्ष र माथिका उमेर समूहका अनुसार साप्ताहिक कोभिड अस्पताल भर्ना हुने उच्च दर छ । त्यसपछि ५० र ६४ वर्षका बीचका व्यक्तिहरू छन्।
प्रतिक्रिया