अमेरिकाका ४५ वटा राज्यहरुमा हिमपात र वर्षाको कारण चेतावनी जारी ,२ हजार उडान रद्ध र ६ देखि १२ इन्च हिउँ पर्ने

इनेप्लिज २०८० पुष २८ गते ११:५९ मा प्रकाशित

अमेरिकाका ४५ वटा राज्यहरुमा हिमपात र वर्षाको ,हुरी आदिको कारण चेतावनी जारी गरिएको छ । हिमपातको कारण देशव्यापी २,००० भन्दा बढी उडानहरू रद्ध भएका छन् । त्यस मध्ये सबै भन्दा ज्यादा शिकागो बिमानस्थलहरु प्रभावित भएको एबिसीन्यूजले जनाएको छ ।

मध्य पश्चिम र ग्रेट लेक क्षेत्रमा हिमपातको चेतावनी सामना गरिरहेका छन् ।

अधिकाश क्षेत्रमा हिमपातले जताततै सेतो बनाई दिएको अवस्था छ । ५० माइल प्रति घण्टा सम्मको हावाको साथै हिमपातको कारण आयोवा देखि शिकागो सहित ग्रेट लेक्स सम्म शुक्रवार राती राजमार्गमा नजिकै सम्म देख्न सम्म गाह्रो भएकोले सतर्कता जारी गरिएको थियो ।

सोमबारको आयोवामा हुने रिपब्लिकनहरुको बहस हुने अगाडि डे मोइन शहरको राष्ट्रिय मौसम सेवाले चालकहरूलाई सडकबाट टाढा रहन आग्रह गरिरहेको छ।

मौसमले इलिनोइसमा सडक र हवाई यात्रालाई पनि अबरुद्ध रहेको छ। हिउँ र बरफका कारण शुक्रबार बिहान शिकागो ओ’हारे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण स्थगित जारी गरिएको थियो। शनिबारदेखि मध्यपश्चिमका लागि ६ देखि १२ इन्च हिउँ पर्ने पूर्वानुमान छ।

दक्षिणमा शुक्रबार राति एट्लान्टादेखि उत्तरी क्यारोलाइनाको रालेसम्म ठूलो वर्षाको साथै आँधी चल्नेछ। त्यस्तै विनाशकारी हावाको अपेक्षा गरिएको छ र दक्षिणमा घुम्रपात (टोर्नाडो)को सम्भावना छ।

वाशिंगटन डिसी ,न्यूयोर्क शहर र बोस्टनमा २ इन्चसम्म भारी वर्षा र ४० माइल प्रतिघण्टाको गतिमा हावाहरू ल्याउनेछ। न्यूयोर्ककी गभर्नर क्याथी होचुलले शनिबार राती र आइतवार एरी ताल र ओन्टारियो तालमा “सम्भावित रूपमा खतरनाक र जीवन-जोखिमको हिमपात-जस्तो अवस्थाको” चेतावनी दिइ रहेकी छिन ।

केही क्षेत्रहरूमा १ फिट सम्म हिउँ पर्न सक्ने र बासिन्दाहरू चिसो तापक्रम र सम्भावित बिजुली अबरुद्धको लागि तयार हुन गभर्नरले आग्रह गरेकी छिन ।

आइतवार र सोमबार टेक्ससदेखि टेनेसीसम्म दक्षिणमा हिउँ र बरफ वृद्धि हुने सम्भावना पनि रहेको एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया