न्यूयोर्कका एक न्यायाधीशले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार द न्यूयोर्क टाइम्सलाई ३,९२,६३८ डलर कानूनी शुल्क तिर्न आदेश दिएक छन् ।
सन् २०२१ मा ट्रम्पले आफ्नी भतिजी मेरी ट्रम्प, द न्यूयोर्क टाइम्स र यसका तीनजना पत्रकारहरूलाई आफ्नो कर अभिलेख( रेकर्ड)सँग सम्बन्धित गोपनीयता सम्झौताको कथित उल्लङ्घनको आरोपमा मुद्दा हालेका थिए।
ट्रम्पले पत्रकारहरू “व्यक्तिगत प्रतिशोधबाट प्रेरित” भएको आरोप लगाएका थिए । न्यूयोर्कको सर्वोच्च अदालतका न्यायाधीश रोबर्ट रीडले गत वर्ष मुद्दा खारेज गर्दै न्यू योर्क टाइम्सलाई आफ्नो शुल्क फिर्ता गर्ने बाटो खुला गरेका थिए ।
अदालतहरूले लामो समयदेखि स्वीकार गरिसकेको र पत्रकारहरूले कानूनी र सामान्य समाचार सङ्कलन गतिविधिहरूमा संलग्न हुन पाउने अधिकार रहेको छ भनि न्यायाधिश रीडले आफ्नो फैसलामा लेखे ।
ट्रम्पले न्यु योर्क टाइम्सले अनुरोध गरेको रकमको विरोध समेत गरे ।
प्रतिक्रिया