अमेरिकामा निर्माण भएको बलिवुड चलचित्रमा नेपाली मूलकी राजश्री श्रेष्ठ मुख्य नायिकाको भूमिकामा खेल्दै

इनेप्लिज २०८० पुष २८ गते १:३३ मा प्रकाशित

अमेरिकामा निर्माण भएको बलिवुड चलचित्रमा नेपाली मूलकी राजश्री श्रेष्ठ मुख्य नायिकाको भूमिकामा अभिनय गर्ने अवसर प्राप्त गरेकी छिन । उक्त चलचित्र बलिउड निर्देशक रीमा कपानीले निर्देशन गरेकी छिन ।

रिमा कपानीद्वारा निर्देशित मिराकल नामक चलचित्रको पूर्वावलोकन (रिभ्यु)कार्यक्रमको आयोजना भर्जिनिया राज्यको स्प्रिंगफिल्डमा गत जनवरी १० का दिनमा गरिएको थियो । चलचित्रमा इकोड्रिम प्रोडक्सनद्वारा निर्माण भएको उक्त चलचित्र अर्को महिना अर्थात् फेब्रुअरी महिनामा प्रदर्शन हुने नव नायिका राजश्री श्रेष्ठले ईनेप्लिजलाई बताईन ।

चलचित्र बलिवुडकी निर्देशकले निर्देशन गरिएता पनि चलचित्र अंग्रेजी भाषामा रहेको छ । नायिका राजश्री श्रेष्ठ सूचना प्रविधि (आईटी)बिषयमा अध्ययन गरेकी छिन भने सूचना प्रविधि क्षेत्रमा काम गर्छिन । श्रेष्ठ यसको अतिरिक्त राम्रो कार्यक्रम प्रस्तोता हुन् भने डिसी क्षेत्रमा बिभिन्न कार्यक्रमहरुमा कार्यक्रम प्रस्तोता(एमसि )को रुपमा प्रस्तुत दिई रहेकी हुन्छिन । राम्रो नृत्य गर्नुको साथै श्री एकाडेमी नामक नृत्यालयकी नृत्य प्रशिक्षक पनि हुन् ।

श्रेष्ठका अनुसार उक्त मिराकल चलचित्रमा अर्की नेपाली मूलकी आशा खडकाले समेत अभियान गरेकी छिन । यो चलचित्र आगामी महिना स्थानीय चलचित्र मन्दिरमा सार्वजनिक हुनेछ। यो चलचित्र राम्रो गर्यो भने तपाईलाई राम्रो हुनेछ भन्ने मुख्य बिषय बस्तु रहेको छ ।

हर्ष व्यक्त गर्दै यो अवसर प्राप्त गर्नु गौरव महसुस भएको र आफूलाई अभिनयमा समेत रुचि समेत भएको उनले बताइन ।

प्रतिक्रिया