गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाका अध्यक्ष पदका उप बिजेता बनेका सक्रिय समाजसेवी विजय बगाले अध्यक्षका सल्लाहकारमा नियुक्त भएका छन् । उनले अध्यक्ष लगायत सबैमा कृतज्ञता व्यक्त गरेका छन् ।
गत बर्ष चुनावमा अध्यक्षका उम्मेदवार रहेका उनि बिशाल कार्कीसंग पराजित भएका थिए । परिणाम आउने बित्तिकै देखि सहर्ष स्वीकार गर्दै अभियानमा लाग्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
सपथ ग्रहण कार्यक्रममा पनि उनलाई बोल्न दिइएको थियो भने उनले एनआरएनए अभियानमा निरन्तरता दिने कुरा दोहोर्याएका थिए । सदैव सकारात्मक भै बिशाल कार्कीको नेतृत्वमा बनेको समितिलाई सहयोग गर्ने बचन समेत सार्वजनिक रुपमा दिएका थिए । बगाले एनआरएनए प्रति निकै जिम्मेवार ब्यक्तिकारूपमा देखिएको कुरा उनका सधै जसो देखिने प्रतिबद्वताले समेत देखाउॅंदै आएको छ । उनले सल्लाहकारमा नियुक्त भए पछि थप कर्तव्य बोधका साथ लाग्दै समुदायको समृद्धि र सफलतामा योगदान गर्ने अवसर पाएकोमा म उत्साहित छु भनि सामाजिक संजालमा लेखेका छन् ।
उनले बिगत देखि नै सस्थाको सफलता नै हामी सबै गैह्र आवासिय नेपालीहरुको सफलताका रुपमा समेत आफूले लिदै आएको बताएका छन् । साथै एनआरएनए भर्जिनिया शाखाको अध्यक्ष पदमा उमेदवार बन्दा समेत संस्थाको निकै गहन जिम्मेवारी समालनका लागी तत्पर बनेको थिए भनि उल्लेख गरेका छन् । उनले आफू उपबिजेता बने पछि बिजेता सबै-साथीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । उनि एनआरएनए भर्जिनियाले आयोजना गरेको कार्यक्रममा बिअत झैँ अहिले पनि सक्रिय रुपमा सहभागिता जनाई राखेका छन् ।
अध्यक्ष बिशाल कार्कीले समाजका क्रियाशील व्यक्तित्वहरुलाई विजय बगाले लगायतलाई सल्लाहकारमा नियुक्त गरेका छन् ।
प्रतिक्रिया