क्यालिफोर्नियामा छिमेकी परिवारका ४ सदस्यको हत्या गरेको आरोपमा १७ बर्षिय किशोर पक्राउ

इनेप्लिज २०८० पुष २७ गते १२:१८ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा आफ्ना छिमेकी परिवारका ४ सदस्यको हत्या गरेको आरोपमा १७ बर्षिय किशोरलाई अभियोग लगाईएको छ ।

उनले मध्य क्यालिफोर्नियामा हत्या गरेकोमा पक्राउ गरि अभियोग चलाईएको हो । उनि गत बिहीबार अदालतमा पहिलो पटक हाजिर भएका थिए ।

उमेरका कारण आरआई नामबाट मात्र बाल अदालतमा पहिचान भएका किशोरलाई हिरासतमा राख्न आदेश दिइएको थियो। हत्याको चारवटा अभियोगमा दोषी ठहर भएमा उनलाई २५ वर्षको नहुन्जेल किशोर हिरासतमा राखिने एबिसीन्यूजले जनाएको छ ।

अभियोजकहरूले उनलाई वयस्कको रूपमा मुद्दा चलाउन आग्रह गर्दै प्रस्ताव दायर गरेका छन्। किशो क्यालिफोर्नियाको फ्रेस्नोको दक्षिणपश्चिमी रिडलेको सानो शहरमा पीडितहरूको छेउमा बस्थे।

उनलाई ८१ वर्षीय बिली बन्डको साथै उनको ६१ बर्षीय छोरा डारेल बन्ड; ४४ बर्षिय नातिनी ग्वाडालुप बन्ड, र ४४ बर्षिय नाति म्याथ्यू बन्डलाई हत्या गरेको आरोप लगाईएको छ ।

बिली बन्ड, ड्यारेल बन्ड र ग्वाडालुप बन्डको शव शनिबार उनीहरूको घरको पछाडिको आँगनमा फेला परेको थियो । म्याथ्यु बन्डको शव मंगलबार किशोरको घरको छुट्टै यानशाला (गराज)मा फेला परेको अधिकारीहरूले बताए ।

प्रहरीले हत्याको विवरण सार्वजनिक गरेको छैन । किशोरका धेरै आफन्तहरू सुनुवाइमा अदालतमा उपस्थित भएका थिए, जसमा उनकी आमा पनि थिए।

प्रतिक्रिया