अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा न्यूयोर्कमा तीन प्रहरी अधिकारीहरूलाई छुरा प्रहार गर्ने संदिग्धले संघीय आरोपमा दोषी स्वीकार गरेका छन् ।
उनले न्यूयोर्कको टाइम्स स्क्वायरमा तीन अधिकारीहरूलाई छुरा प्रहार गरेको कबुलेका छन् । १९ बर्षिय ट्रेभर बिकफोर्ड नामक किशोर उनी कथित रूपमा जिहादी आक्रमण गर्न चाहन्थे।
नयाँ वर्षको पूर्वसन्ध्यामा छुरा प्रहार गर्ने संदिग्ध ‘कट्टरपन्थी’ भएको न्यूयोर्क प्रहरी बिभागका प्रमुखले बताए ।
ट्रेभर बिकफोर्डले टाइम्स स्क्वायर परिधिमा जाँच चौकीमा रहेका तीन न्यूयोर्क प्रहरी विभागका अधिकारीहरूमाथि सन् २०२२ नयाँ वर्षको पूर्वसन्ध्यामा चक्कु आक्रमणबाट उत्पन्न भएको संघीय आरोपमा दोषी स्वीकार गरेका छन् ।
कथित हमला गर्दा १९ वर्षका बिकफोर्ड डिसेम्बर २०२२ मा मेनबाट आएका थिए । सरकारी अधिकारीहरूको हत्या प्रयास र सरकारी अधिकारीहरूमाथि आक्रमणको तीनवटा गणनामा दोषी ठहरिएका छन् ।
उनले १२० वर्ष कारागार जेल सजाय भोग्न सक्ने र उनलाई अप्रिल ११ मा सजाय सुनाइने कार्यक्रम रहेको एबिसीन्यूजले जनाएको छ ।
३१ डिसेम्बर, २०२२ मा बिकफोर्डलाई प्रहरी अधिकारीहरूले गोली हानेर गिरफ्तार गरेका थिए। उनी म्यानह्याटन जिल्ला अधिवक्ताद्वारा छुट्टै आरोपहरू सामना गर्ने छन् भनि एबिसीन्यूजले उल्लेख गरेको छ ।
प्रतिक्रिया