अमेरिकामा हरेक हप्ता कोभिडबाट १,५०० मानिसहरुको मृत्यु भै रहेको छ : सिडिसी

इनेप्लिज २०८० पुष २६ गते १२:२४ मा प्रकाशित

अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र ( )का अनुसार हरेक हप्ता कोभिडबाट १,५०० मानिसहरुको मृत्यु भै रहेको जनाएको छ । सिबिएसन्यूजले प्रकाशित गरेको समाचारमा अझै हरेक हप्ता १,५०० को ज्यान गइ रहेको छ ।

सिडिसी अनुसार डिसेम्बर ९,२०२३ सम्म हरेक हप्ता लगभग १,५०० अमेरिकीहरू यस रोगबाट मानिसहरुको मृत्यु भएको छ । महामारीको तीन वर्ष भन्दा बढी समय गए पनि सयौं अमेरिकीहरू अझै पनि हरेक हप्ता कोभिड-१९ बाट ज्यान गुमाई रहेका छन्।

डिसेम्बर ९ मा समाप्त भएको हप्तामा पूर्ण तथ्याङ्कको अन्तिम हप्तामा सिडिसीले बताए अनुसार कोभिड-१९ बाट १,६१४ बाट मृत्यु भएको छ । पछिल्लो चार हप्ताको पूर्ण तथ्याङ्कले औसत १,४८८ साप्ताहिक मृत्यु देखाउँछ।

कोभिडबाट मृत्युको तथ्याङ्क अझै पनि जनवरी ९, २०२१ मा समाप्त भएको हप्तामा अभिलेख गरिएको उच्च २५,९७४ मृत्यु र अघिल्लो हिउँदमा देखिएका साप्ताहिक मृत्युको तुलनामा अझै कम रहेको सिडीसीले जनाएको छ ।

प्रतिक्रिया