अमेरिकामा लाखौ लाख मानिसहरु आर्थिक समस्याका कारण आफ्नो स्वास्थ्य बिमा गर्न समेत ठूलो समस्याबाट गुज्रिरहेको अवस्थामा बाइडेन प्रशासनले जनताको सुबिधाको लागि खोलेको बिमामा २० मिलियन अर्थात् २ करोड मानिसहरुले बिमामा आफ्नो नाम दर्ता गराएका छन् ।
सिबिएसका अनुसार यो स्वास्थ्य बिमा कीर्तिमानी रुपमा दर्ता भएको जनाएको छ । अमेरिकी सरकारले यसलाई एफोर्डएबल केयर एक्ट अर्थात् नेपालीमा किफायती स्वास्थ्य बीमा भनिन्छ ।
२ करोड अमेरिकीहरुले यसको फाइदा लिन नाम लेखाएका छन् । अर्थात् उनीहरुले दस्तखत गरेका छन् । सिबिएसन्यूजका अनुसार २ करोड अमेरिकीहरूले २०२४ को लागि किफायती स्वास्थ्य बीमाको लागि हस्ताक्षर गर्दै लगातार तेस्रो वर्षको लागि यो सस्तो हेरचाह बिमा ऐन लिनेको संख्याले किर्तिमान तोडेको छ ।
अझै पनि यसको सुबिधा लिन ६ दिन बाँकी छ, मैले पदभार ग्रहण गरे भन्दा ८ मिलियन अर्थात् ८० लाख बढी अमेरिकीहरूले यो स्वास्थ्य बिमा हस्ताक्षर गरेका छन्,” राष्ट्रपति बिडेनले बुधबार एक विज्ञप्तिमा भने।
रिपब्लिकनहरूले यो किफायती बिमाको बिरोध गरेकोले बाइडेनले आलोचना गरे । बुधबार जारी गरिएको तथ्याङ्कले डिसेम्बर २३ सम्मको नामांकन गरेका गतिविधिलाई यसले प्रतिनिधित्व गर्दछ भनिएको छ । २०२४ बिमाव्याप्ति( कभरेज)को लागि खुला नामांकन अवधि गत वर्षको नोभेम्बर १ मा सुरु भएको थियो ।
प्रतिक्रिया