अमेरिकाको साउथ क्यारोलाइनामा घरको तापक (हिटर)को तापक्रम १,००० डिग्री पुगेपछि शयन कक्षमा वृद्ध दम्पती मृत फेला परेका छन् ।
दुई वृद्ध व्यक्तिहरू गत हप्ता स्वास्थ्य जाँचको क्रममा शयन कक्षमामा मृत फेला परेको प्रहरीले बताए ।
सिएबिस न्यूजका अनुसार घरको तापक (हिटर)१,००० डिग्री फरेनहाइट पुगेको थियो । प्रहरीका अनुसार त्यसैले पीडितहरूको शरीरको तापक्रम १०६ डिग्री नाघेको थियो। प्रहरीले तापक्रम मिलाउनु परेको थियो ।
प्रहरी प्रतिवेदनका अनुसार एक प्रहरी अधिकारी जनवरी ६ मा उनीहरूको घरमा गएर स्वास्थ्य जाँच गर्न गएका थिए । उनीहरूको परिवारले तीन दिनमा उनीहरूबाट कुनै खबर नपाए पछि प्रहरी त्यहा पुगेका थिए ।
प्रहरी अधिकारीहरु शयनकक्षको झ्यालबाट घरमा प्रवेश गर्नुपरेको थियो । जोडीआमा ८४ वर्षीय जोन लिटलजोन र ८२ वर्षीय ग्लेनवुड फाउलर उनीहरूको ओछ्यानमा मृत फेला परेका थिए।
उनीहरूले प्रवेश गर्ने बित्तिकै “निवास अत्यन्तै तातो भएको देखे” एक प्रहरी अधिकारीले भने । मानिसको औसत शरीरको तापक्रम ९७ डिग्री र ९९ डिग्री फरेनहाइटको बीचमा हुनुपर्छ।
जब अग्नि नियन्त्रण आए उनीहरूले घरको भित्री तापक्रम १२० डिग्री भन्दा बढी भएको फेला पारेको सिबिएसन्यूजले जनाएको छ ।
प्रतिक्रिया