अमेरिकाको न्यु जर्सी राज्यका रिपब्लिकन दलका पूर्व गभर्नर क्रिस क्रिस्टीले २०२४ को नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको अभियान समाप्त गर्ने घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी अन्त्य गरेको बताएका छन् । क्रिस्टीले जनवरी १० बुधबारका दिन उक्त घोषणा गरेका हुन् ।
उनले आज राती आफूलाई जित्ने कुनै बाटो नदेखेकोले म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि आज राती मेरो चुनावी अभियान स्थगित गरेको बताए ।
उनले न्यु ह्याम्पशायरको विन्डहमको एक नगर कक्ष (टाउन हल)मा उक्त घोषणा गर्दै डोनाल्ड ट्रम्पलाई कहिल्यै पनि संयुक्त राज्यको राष्ट्रपति बन्न सक्षम हुन् नदिने प्रतिज्ञा गरे ।
न्यू ह्याम्पशायर विश्वविद्यालयद्वारा गरिएको नयाँ सिएनएन सर्वेक्षण अनुसार क्रिस्टी समर्थकहरूको ६५ % मध्ये कुल १२ % ले भारतीय मूलकी निक्की हेली हेलीलाई आफ्नो दोस्रो रोजाइको रूपमा सूचीबद्ध गरेको फेला पारेको छ।
निक्कीले प्राथमिक मतदाताहरूमध्ये ट्रम्पलाई ३९% देखि ३२% तल झारेकी छन । रिपब्लिकन स्रोतका अनुसार अर्को उम्मेदवारलाई समर्थन गर्ने उनको तत्काल योजना छैन। बाहिरिनु अघि उनले हेलीलाई बारम्बार आलोचना गरेका थिए ।
उनको राष्ट्रपति अभियान समाप्त भए पनि उनको नाम न्यु ह्याम्पशायरको मतपत्रमा रहनेछ र प्राथमिक निर्वाचन जनवरी २३ मा हुनेछ।
प्रतिक्रिया