अमेरिकामा आएको घुम्रपात (टोर्नाडो ) ,हिमपात र भीषण मौसमका कारण कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
गत मङ्गलबार अमेरिकामा गम्भीर मौसमले कम्तीमा पाँच जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
विस्कन्सिनको जेफर्सन काउन्टी शेरिफको कार्यालयले मंगलबार बिहान हिउँ परेको बेला सडकको खराब अवस्थाका कारण सवारी साधन (कार )दुर्घटनामा परी एक जनाको मृत्यु भएको बताएको छ।
अर्को सवारी साधन (कार) दुर्घटनाले मिसिगनको वेबर उप नगरमा मङ्गलबार दिउँसो एक ३५ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै ह्युस्टन काउन्टी चिकित्सा परीक्षक र मृत्यु समिक्षकका अनुसार कटनवुड अलाबामामा, मङ्गलबार बिहान एक ८१ वर्षीया महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार जब सम्भावित घुम्रपात (टोर्नाडो ) उनको घुम्ती घर (मोबाइल हाउस )घरमा धेरै पटक उडाएको कारण उनको निधन भएको हो ।
त्यस्तै मङ्गलबार अर्को व्यक्तिको मृत्यु भएको छ । गम्भीर मौसमले उत्तरी क्यारोलाइनाको क्लेरमोन्टको घुम्ती घरलाई धेरै घरहरूलाई क्षति पुर्याएको थियो ।
जोन्सबोरो, जर्जियामा, मंगलबार सवारी साधनमा एउटा रूख खसेर चालकको मृत्यु भएको क्लेटन काउन्टी प्रहरी विभागले जनाएको छ।
प्रतिक्रिया