ब्राजिलमा सानो यात्रीयान र मालबाहक गाडी ठोक्किँदा २५ जनाको मृत्यु ,६ जना घाइते

इनेप्लिज २०८० पुष २४ गते १२:१६ मा प्रकाशित

ब्राजिलको उत्तरपूर्वी क्षेत्रमा सानो यात्रीयान (मिनीबस) र मालबाहक गाडी (ट्रक )ठोक्किँदा २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

एबिसीन्यूजका अनुसार ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा आइतबार राति पर्यटक बोकेको सानो यात्रीयान (मिनीबस) र मालबाहक गाडी (ट्रक ) एक आपसमा ठोक्किँदा २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

ब्राजिलको उत्तरपूर्वी बाहिया राज्यमा पर्यटक ढुवानी गर्ने एउटा सानो यात्री बोकेको गाडी र भारबाहक (ट्रक)बीच भएको दुर्घटनामा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रक सेनाले सोमबार आफ्नो आधिकारिक रुपमा सामाजिक संजाल इन्स्टाग्राम खातामा जनाएको छ।

दुर्घटना आइतबार राति करिब १० : ३० बजे भएको थियो । स्थानीय समय अनुसार साओ जोसे डो जाकुइप सहर नजिकैको राजमार्गमा उक्त दुर्घटना भएको हो ।

सानो यात्रीयान (मिनीबस) बाहियाको उत्तरी तटमा रहेको पर्यटक गुराजुबा समुद्र तटको यात्रा पछि ज्याकोबिना शहर फर्कदै थियो।

ज्याकोबिना नगरपालिकाले तीन दिनको शोकको घोषणा गरेको छ ।

तस्बिर कृतज्ञता :पिटीसी न्यूज

प्रतिक्रिया