इजरायल रक्षा बालले गरेको पछिल्लो आक्रमणबाट दुई जना पत्रकारको मृत्यु भएको छ । यता अक्टोबर ७ देखि अहिले सम्म ७७ जना पत्रकार तथा सञ्चारकर्मी मारिएका छन् ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट( पत्रकार रक्षा समिति )ले जनाए अनुसार अक्टोबर ७ देखि डिसेम्बर ३१ सम्म गाजामा ७७ पत्रकार र सञ्चारकर्मी मारिएको जनाएको छ। ती ७० मध्ये प्यालेस्टाइनी, चार इजरायली र तीन लेबनानी थिए।
आईदिएफ ले अल जजीराका पत्रकारहरूलाई मार्ने हमला गरेको स्वीकार गर्दै सेनाले “आतंकवादी” लक्षित भएको बताएको छ ।सेनाले विमानले आईडिएफलाई खतरामा पार्ने विमान सञ्चालन गर्ने एक आतंकवादीलाई पहिचान गरी प्रहार गरेको जनाएको छ ।
आक्रमणको समयमा आतंककारीको रूपमा एउटै गाडीमा रहेका अन्य दुई संदिग्धहरूलाई पनि प्रहार गरिएको आइडिएफले जनाएको छ ।
आक्रमणमा मारिएका व्यक्तिहरूमध्ये एक पत्रकार र एक मानव रहित यान संचालक (ड्रोन अपरेटर )थिए जो अल जजीराका लागि काम गरिरहेका थिए।
मारिने पत्रकारहरुमा मुस्तफा थुराया र हमजा अल-दहदौह रहेका छन् ।
छायाचित्र (फोटो )पत्रकार अल-दहदौह अल जजीरा गाजाका बिभाग प्रमुख वेल अल-दहदौहका छोरा थिए। अक्टोबरमा इजरायली हवाई आक्रमणमा उनकी श्रीमती र नातिनातिनासहित उनका अन्य दुई सन्तान मारिएका थिए।
अल जजीराले आइतवार एक विज्ञप्तिमा इजरायलले अल-दहदौहलाई “व्यवस्थित रूपमा लक्षित” गरेको आरोप लगाएको छ। इजरायली अधिकारकर्मीहरूले गरेको अपराधको कडा शब्दमा निन्दा गरेको छ ।
प्रतिक्रिया