टेस्लाले १६ लाख भन्दा बढी आयातित गाडीहरूमा समस्या देखिएकोले फिर्ता बोलायो

इनेप्लिज २०८० पुष २० गते १२:०४ मा प्रकाशित

टेस्लाले १६ लाख भन्दा बढी आयातित गाडीहरूमा समस्या देखिएकोले फिर्ता बोलाएको छ ।

एबिसीन्यूजका अनुसार टेस्लाले चीनमा निर्यात गरिएका १.६ अर्थात् १६ लाख भन्दा बढीलाई फिर्ता बोलाएको छ । एस,एक्स ,३ र वाई नमुना (मोडल) विद्युतीय सवारीसाधनहरूका समस्या समाधान गर्न फिर्ता बोलाएको हो ।

तिनीहरूको स्वचालित सहायक परिचालन कार्य (स्टेयरिङ) र ढोका छिस्किनी नियन्त्रणहरूमा समस्याहरू देखिएकोले समाधान गर्न फिर्ता बोलाई रहेको छ ।

चीनको राज्य प्रशासन बजार नियमन ( स्टेट एडमिनिस्ट्रेशन फर मार्केट रेगुलेसन)ले शुक्रबार फिर्ता बोलाएको घोषणा गरेको हो। यसले बेइजिङ र संघाईमा रहेको टेस्ला गाडीले समस्या समाधान गर्न दूर नियन्त्रित अध्यावधिक (रिमोट अपग्रेड)हरू प्रयोग गर्ने एबिसीन्यूजले जनाएको छ ।

त्यसैले धेरैजसो अवस्थामा कार मालिकहरूले टेस्ला सेवा केन्द्रहरूमा जानु नपर्ने र दूर नियन्त्रण प्रणालीद्वारा समस्याको समाधान गर्ने छ ।

आयातित नमुनाहरुमा अक्टोबर २६ ,२०२२ देखि नोभेम्बर १६,२०२३ बीच बनाइएका ७,५ ३८ सवारी साधनहरूलाई असर गर्छ। ठक्कर हुँदाको समयमा ढोकाको छिस्किनीहरु खोल्नबाट रोक्नको लागि यो आवश्यक भनिएको छ ।

गत महिना टेस्लाका चालकहरूको अनुगमनका लागि आफ्नो प्रणालीमा सुधार गर्नका लागि अमेरिकामा २० लाखभन्दा बढी फिर्ता बोलाइएका थिए।

​अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले दुई वर्षको अनुसन्धानपछि यो प्रणाली दोषपूर्ण रहेको पत्ता लगाएको थियो।

चीन टेस्लाको लागि प्रमुख बजार र उत्पादन केन्द्र हो । इलन मस्कले अमेरिका-चीन सम्बन्धमा चिसोपन हुँदा पनि चिनियाँ अधिकारीहरूसँग घनिष्ठ सम्बन्ध बनाएका छन्। टेस्लाले सन् २०१९ मा संघाईमा विद्युतीय सवारी साधन निर्माण गर्ने कारखाना खोलेको थियो । बिक्रीमा टेस्ला विद्युतीय सवारीसाधनको बढ्दो चिनियाँ बजारमा शीर्ष २ स्थानमा रहेको छ ।

प्रतिक्रिया