अमेरिकाको आएवा बिधालयमा भएको गोलाबारीमा ६ कक्षाका विद्यार्थीको मृत्यु भएको छ । त्यहाँ गोली चल्दा अन्य ५ जना घाइते भएका छन् भने संदिग्धको पहिचान भएको सिबिएसन्यूजले जनाएको छ ।
आएवा राज्यको पेरी शहरको पेरी माध्यमिक बिद्यालय (हाई स्कूल)मा बिहीबार बिहान गोली चल्दा एक माध्यमिक विद्यालयका विद्यार्थीको मृत्यु भएको भने अन्य पाँच जना घाइते भएको प्रहरी अधिकारीहरूले बताए ।
आपराधिक अनुसन्धानको आएवा बिभागका मिच मोर्टभेडका अनुसार १७ वर्षीय गोली चलाउने डिलन बटलर भएको पुष्टी भएको छ । बटलरको पनि मृत्यु भएको छ।
मारिएका बालक पेरी माध्यमिक बिद्यालयमा कक्षा ६ मा पढ्ने विद्यार्थी रहेको मोर्टभेडले बताए । गोली लागेर एक प्रशासकसहित अन्य चार विद्यार्थी घाइते भएका छन् । बिहीबार दिउँसोसम्म पीडितहरू मध्ये एकको अवस्था गम्भीर रहेको थियो अन्य चार स्थिर अवस्थामा रह्वेका छन् ।
स्थानीय प्रहरीले पहिलो पटक बिहान ७:३७ गोलीबारीको खबर प्राप्त गरेका थिए भने ७ मिनेटमा त्यहा पुगेका थिए ]। उनीहरु त्यहाँ आइपुगे प्रहरीहरूले विद्यार्थीहरू र संकायहरू ठाउँमा आश्रय पाएका र भवनबाट दौडिरहेको भेट्टाए।
उनीहरूले बन्दुकको गोली लागेको धेरै व्यक्तिहरू भेट्टाए, जसमा गोली चलाउने व्यक्ति पनि थिए । जसले आफैंलाई गोली चलाएका थिए । प्रहरीले एक विस्फोटक उपकरण पनि फेला पारेका छन् ।
बन्दुक चलाउने सानो खालको बन्दुक बिद्यालयमा ल्याएका थिए र गोलाबारीको समय वरपर सामाजिक सञ्जाल प्रकाशन गरि रहेका थिए ।
पेरी हाई स्कूल(माध्यमिक बिद्यालय)डे मोइनको उत्तरपश्चिममा लगभग ४० माइलमा पर्दछ। बिहीबार बिदापछि विद्यालय फर्किएको पहिलो दिन उक्त घटना भएको थियो । घटना पछि दिनका कक्षाहरू रद्द गरिएका छन्।
प्रतिक्रिया