अमेरिकाको नेभादा राज्यका एक न्यायाधीश माथि लस भेगास अदालतमा सजाय सुनाउने क्रममा प्रतिवादीले आक्रमण गरेका छन् ।
नेभादाका एक न्यायाधीशलाई एक प्रतिवादीले अदालतमा हमला गरे र अदालतका अधिकारीहरू र वकिलहरूसँग रक्तपातपूर्ण रुपमा आक्रमण गरेको एबिसीन्यूजले समाचार लेखेको छ । उनी माथि एक अपराधी आक्रमण मुद्धामा कारागार सजाय सुनाउन लागेका थिए।
अदालतको श्रब्यदृश्य (भिडियो)मा कैद गरिएको एक हिंसात्मक दृश्यमा, क्लार्क काउन्टी जिल्ला न्यायाधीश मेरी के होल्थस आफ्नो आसन (सिट)बाट पर्खालमा खसिन तर उनलाई केही चोटपटक लाग्यो । अस्पतालमा भर्ना हुनु परेन भनि अदालतका अधिकारीहरूले बताए ।
एक अदालतको मार्शल पनि घाइते भएका थिए जब उनी न्यायाधीशको सहयोगमा आएका थिए । उनको निधारमा रगत बगेको ग्यास र काँधमा चोट पटक लागेकोले उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।
हमला लस भेगासको क्षेत्रीय न्याय केन्द्रमा बिहान ११ बजे भएको थियो। प्रतिवादी ३० बर्षीय डेओब्रा डेलोन रेडेनले धेरै अदालत र कारागारका अधिकारी र अदालतका कर्मचारीहरू;लाई आक्रमण गरेका थिए ।
“यो यति चाँडो भयो कि के गर्ने भनेर जान्न गाह्रो भयो,” मुख्य काउन्टी जिल्ला वकिलले भने ।
प्रतिक्रिया